सन्दीप प्रकरणबारे के गर्दैछ क्यान ?

काठमाडौं । नाबालिग बलात्कार आरोप लागेका राष्ट्रिय क्रिकेट टोलीका कप्तान सन्दीप लामिछानेबारे औपचारिक बैठक बसेर निर्णय लिने नेपाल क्रिकेट संघ (क्यान)ले जनाएको छ ।
क्यान स्रोतका अनुसार सन्दीपबारेको मुद्दाबारे क्यानभित्र अनौपचारिक छलफल भइसकेको छ । प्रहरीलाई अनुसन्धानमा सघाउने निर्णय भएको एक सदस्यले बताए ।
उनका अनुसार क्यानका अध्यक्ष चतुरबहादुर चन्द यतिबेला धनगढीमा छन् । उनी काठमाडौं आएपछि सन्दीपलाई निलम्बन गर्ने नगर्नेबारे औपचारिक छलफल हुनेछ ।
सन्दीपलाई एक १७ वर्षीया किशोरीले बलात्कारको आरोप लगाउँदै प्रहरीमा मुद्दा दर्ता गराएकी छिन् । सन्दीप भने यतिबेला क्यारेबियन लिग खेल्न क्यारेबियन क्षेत्रमा छन् ।
ताजा अपडेट
-
असार २३ सम्म शिक्षा ऐन जारी नभए आन्दोलन गर्ने शिक्षक महासंघको चेतावनी
-
हिमतालको जोखिम घटाउन जिसिएफको पाँच अर्ब अनुदान
-
नेप्से परिसूचक २८ अंकले बढ्यो
-
नेपालको कृषि क्षेत्रमा प्रत्यक्ष वैदेशिक लगानीका लागि परराष्ट्र मन्त्रीको आग्रह
-
मनसुनका एक महिना : ६७४ घटना, ३१ जनाको मृत्यु, ११२ घाइते
प्रतिक्रिया