च्याम्पियन्स लिगमा गएराति भएका आठ खेलको नतिजा यस्तो

काठमाडौं । सन् २०२२-२३ को युरोपियन च्याम्पियन्स लिग गएराति सुरु भएको छ । गएराति आठवटा खेल भए । जसमा केही अप्रत्यासित नतिजा आए ।
इंग्लिस क्लब चेल्सी क्रोएसियन क्लब डाइनामो जाग्रेबसँग १-० ले पराजित भयो ।
यस्तै, जर्मन क्लब आरबी लाइपजिग युक्रेनी क्लब साख्तर डोनेस्कसँग ४-१ ले हार्यो ।
केही ठूला टोलीले भने जित हासिल गरे । फ्रेन्च क्लब पिएसजीले इटालियन क्लब युभेन्टसलाई २-१ ले हरायो ।
यसैगरी, स्पेनिस क्लब रियल म्याड्रिडले स्कटिस क्लब सेल्टिकलाई ३-० ले सहज रुपमा हरायो ।
साथै, इंग्लिस क्लब म्यानचेस्टर सिटीले स्पेनिस क्लब सेभिल्लालाई ४-० को फराकिलो अन्तरले पाखा लगायो ।
यस्तै, जर्मन क्लब बोरुसिया डर्टमुण्डले डेनिस क्लब कोपनहेगनलाई ३-० ले हराउँदा पोर्चुगिज क्लब बेन्फिकाले इजरायली क्लब माचाबी आइफालाई २-० ले पाखा लगायो ।
अष्ट्रियन क्लब साल्जबर्ग र इटालियन क्लब एसी मिलानले भने १-१ गोलको बराबरी खेले ।
ताजा अपडेट
-
जलवायु परिवर्तन सम्बन्धि कार्यक्रममा वर्ल्ड मर्चेन्ट इन्भेष्टमेन्टको सहकार्य
-
रुस-युक्रेन वार्ता : जेलेनस्कीले गरे ट्रम्पलाई टर्की भ्रमण गर्न आग्रह
-
प्रतिनिधिसभामा प्रिबजेटमाथि १८ घण्टा छलफल हुने
-
साइम कलेज र टोक्मा टेक्नोलोजिजबीच शैक्षिक-उद्योग सहकार्यका लागि सम्झौता
-
‘के वन क्रस १७५’ प्रतियोगितामा भिड्दै ‘हिमचितुवा’
प्रतिक्रिया