NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ जेठ ३ गते

कमेडियन अपूर्व क्षितिजलाई थप ५ दिन थुनामा राख्न अनुमति

काठमाडौं । कमेडियन अपूर्व क्षितिज सिंहलाई थप ५ दिन थुनमा राख्न अनुमति दिएको छ । नेवाः समुदायको भावनामा आँच पुर्‍याएको अभियोग लागेका कमेडियन सिंहलाई थुनामा राख्न जिल्ला प्रहरी परिसर काठमाडौंलाई जिप्रकले अनुमति दिएको हो ।

सिंहविरूद्ध नेवा समुदायको संस्कृति, भाषा तथा रहनसहनलाई लिएर व्यंग्य गरेको भन्दै अभियान्ताहरूले जाहेरी दिएका थिए । कारवाहीको मागदाबी गर्दै परेको जाहेरी उपर उनलाई प्रहरीले पक्राउ गरेका थियो ।

युटुबमा अपलोड भएको ‘नेवारको परम्परा’ शिर्षकको उक्त भिडियोको सर्वत्र आलोचना भएपछि सिंहले आम माफीसमेत मागेका थिए । अहिले सामाजिक सञ्जालदेखि संसदसम्म उनको रिहाइका लागि माग उठेको छ ।