प्रचण्डकी बुहारी बीना मगर कञ्चनपुर–१ बाट सर्वसम्मत उम्मेदवार सिफारिस
काठमाडौं । माओवादी केन्द्रले पोलिटब्युरो सदस्य बीना मगरलाई कञ्चनपुर १ बाट प्रतिनिधिसभा सदस्यमा सर्वसम्मत उम्मेदवार चयन गरेको छ ।
बिहीबार बसेको माओवादी क्षेत्र नं १ को बैठकले मगरलाई सर्वसम्मत उम्मेदवार चयन गरेको हो । उनी प्रचण्डकी बुहारीसमेत हुन् ।
अघिल्लो निर्वाचनमा सोही क्षेत्रबाट ३८ हजार ४६८ मत ल्याई मगर विजयी भएकी थिइन् । उनका निकटतम प्रतिद्वन्द्वी नेपाली काँग्रेसका दिवानसिंह विष्टले १९ हजार २१९ मत ल्याएका थिए । विष्टलाई मगरले १९ हजार २४९ मतको फराकिलो अन्तरले पराजित गरेका थिए ।
२०७० मा सोही क्षेत्रबाट पराजित भएकी थिइन् ।
ताजा अपडेट
-
कांग्रेस केन्द्रीय अनुशासन समितिको बैठक बस्दै
-
लुम्बिनी प्रदेशमा मन्त्रिपरिषद् पुनर्गठन: पाँच नयाँ मन्त्री थपिए, जेठ २५ गते शपथ
-
एसियाली छनोटः समूह विजेता बन्ने लक्ष्यसहित आज मलेसियाविरुद्ध भिड्दै नेपाल
-
केही हिमाली तथा पहाडी भूभागमा वर्षाको सम्भावना, तराईमा गर्मी बढ्ने
-
पर्यटकीयस्थल नगरकोट : सीमाङ्कनको प्रक्रिया बीचमै छाडियो


प्रतिक्रिया