NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख २१ गते

सन्दीपविरुद्ध पक्राउ पुर्जी जारी भए के हुन्छ ?

काठमाडौं । बलात्कार आरोपमा जाहेरी परेपछि राष्ट्रिय क्रिकेट टिमका कप्तान सन्दीप लामिछानेविरुद्ध पक्राउ पुर्जी जारी गर्ने तयारी भएकाे छ ।
एक नाबालिग किशोरीले गत भदौ ५ गते लामिछानेले जबरजस्ती करणी गरेको भन्दै गौशाला प्रहरी वृत्तमा जाहेरी दिएकी थिइन् ।

यही जाहेरीका आधारमा प्रहरीले अनुसन्धानकाे सहजताकाे लागि अदालतसँग अनुमतिमा माग्ने तयारी गरेकाे छ । प्रहरीले मागेकाे अनुमतिमा काठमाडौं जिल्ला अदालतले सन्दीपलाई पक्राउको अनुमति दिएपछि पक्राउकाे बाटाे खुल्छ  ।

कहाँ छन् सन्दीप ?

सन्दीप अहिले सिपिएल खेल्न वेस्ट इण्डिजका देशमा छन् । उनले नेपाल क्रिकेट संघ क्यानसँगाको कुराकानीमा सिपिएल सकाएर नेपाल आउने बताएका छन् ।

पुर्जी जारी भएपछि अब उनी नेपाल फर्किएलगत्तै प्रहरीले पक्राउ गरेर अनुसन्धान गर्न पाउँछ । पक्राउ पुर्जी जारी भएपछि पूरै खेल सकाएर नेपाल फर्किन नैतिकताको आधारमा पनि उनलाई कठिन हुने भएको छ ।

सन्दीपले आफूमाथि लागेको आरोप क्यानसँग अस्वीकार गर्दै कानुनी सहायताको लागि आग्रह गरेका छन् । तर अदालतले पक्राउको आदेश दिए उनलाई हिरासतमा राखेर अनुसन्धान अघि बढ्नेछ ।

नाबालिग बलात्कारको यस्तै प्रकृतिको जाहेरीमा अभिनेता पल शाहलाई पक्राउ पुर्जी जारी गर्दै म्याद थप्दै प्रहरीले मुद्दा दायर गरेको थियो । पछि मुद्दा दायर भएपछि अदालतले उनलाई थुनामै बसेर मुद्दा लड्नुपर्ने फैसला सुनाएको थियो ।

सन्दीप घटनाको भोलिपल्टै टी २० सिरिज खेल्न केन्या पुगेका थिए । सिरिज नेपालले ३–२ जितेपछि एकदिवसीय सिरिज नखेली सन्दीप क्यारेविएन सिपिएल खेल्न वेस्ट इण्डिजका देशतर्फ लागेका थिए । तर लिगको पहिलो खेलमा बिहीबार सन्दीपले मौका पाएनन् ।

सन्दीपविरुद्ध पुर्जी जारीको तयारी हुनुपर्नेमा अन्यथा भएकोले सच्चाइएको छ । :सम्पादक