NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८३ भदौ १९ गते

सन्दीपविरुद्ध पक्राउ पुर्जी जारी

काठमाडौं । नेपाली राष्ट्रिय क्रिकेट टोलीका कप्तान सन्दीप लामिछानेविरुद्ध पक्राउ पुर्जी जारी भएको छ ।

उनीविरुद्ध नाबालिग बलात्कारको मुद्दामा काठमाडौं जिल्ला अदालतले आज पक्राउ पुर्जी जारी गरेको नेपाल प्रहरी स्रोतले जनाएको छ ।

‘मुलुकी अपराध (संहिता) ऐन, २०७४ को परिच्छेद–१८ को दफा २१९ को ‘जबर्जस्ती करणी गर्न नहुने’ कसूरमा निज सन्दीप लामिछाने उपर थप अनुसन्धान गर्नका लागि सम्मानित काठमाडौं जिल्ला अदालतबाट पक्राउ पुर्जी जारी भएको हो’, एक प्रहरी अधिकारीले भने ।

एक १७ वर्षीय किशोरीले सन्दीमाथि जबरजस्ती बलात्कार गरेको आरोपमा काठमाडौं प्रहरीमा मुद्दा दर्ता गराएकी छिन् ।

सन्दीप भने यतिबेला क्यारेबियन प्रिमियर लिग खेल्ने क्रममा वेस्ट इण्डिजमा छन् ।

ताजा अपडेट

नेपालवाच विशेष