पार्टी प्रवेश गरेको ४ महिनामै पुण्य गौतम एमालेबाट समानुपातिकमा सिफारिस
काठमाडौं । सामाजिक अभियान्ताका नामले पछिल्लो समय सामाजिक सञ्जालमा भाइरल रहेका पुण्य गौतमलाई एमालेले प्रतिनिधिसभाअन्तर्गत समानुपातिकतर्फ उम्मेदवार सिफारिस गरेको छ ।
काठमाडौं ३ बाट उनी समानुपातिक उम्मेदवारमा सिफारिस भएका हुन् । आफूलाई समानुपातिकमा सिफारिस गरेकोमा गौतमले अध्यक्ष केपी शर्मा ओली, वरिष्ठ नेता ईश्वर पोखरेल, महासचिव शंकर पोखरेल लगायतलाई धन्यवाद दिएका छन् ।
‘म पुन्य गौतमलाई प्रतिनिधि सभाको समानुपातिकमा सिफारिस गर्नुभएकोमा श्रद्धेय अध्यक्ष क. केपी ओलीज्यू, वरिस्ठ उपाध्यक्ष क. ईश्वर पोख्रेलज्यू, महासचिव शंकर पोखरेलज्यू, क. कृष्ण राई, दिपक निरौला काठमाडौं जिल्ला कमिटीप्रति आभारी छु’, शुक्रबार सामाजिक सञ्जाल फेसबुकमा उल्लेख गरेका छन् ।
माओवादी पृष्ठभूमिबाट आएका गौतम २०७७ फागुन २३ मा सर्वोच्च अदालतले नेकपा बदर गरेपछि उनी एकीकृत समाजवादीमा गएका थिए । एकीकृत समाजवादीका केन्द्रीय सदस्यसमेत रहेका उनी गत वैशाख २७ मा एमाले प्रवेश गरेका थिए ।
काठमाडौंमा आयोजित कार्यक्रममा गौतमलाई अध्यक्ष ओलीले पार्टीको झण्डा दिएर स्वागत गरेका थिए । त्यसपछि उनले ओलीको गोढा ढोग्दै उनले ओली रसियाका राष्ट्रपति भ्लादिमिर पुटिन र चिनियाँ राष्ट्रपति सिजिङ पिङ हाराहारीको राजनेता भएको टिप्पणी गरेका थिए ।
ताजा अपडेट
-
अमेरिकी आक्रमणपछि इरान-अमेरिका तनाव थप चर्कियो
-
प्रतिनिधिसभाको शिक्षा समितिद्वारा पाँच विषयगत उपसमिति गठन
-
इबोला भाइरस रोकथाममा मन्त्रालयको उच्च सतर्कता
-
अध्ययन बिदा दुरुपयोग गरेका ४१ त्रिविका प्राध्यापकबाट दश करोडभन्दा बढी असुल
-
‘भारतीय प्रधानमन्त्री मोदीसँगको भेटवार्ता फलदायी र महत्वपूर्ण’ : रवि लामिछाने


प्रतिक्रिया