चार खेलपछि रोनाल्डोले सुरुवाती ११ मा स्थान बनाउँदा युनाइटेड घरमै पराजित
काठमाडौं । प्रमुख खेलाडी क्रिस्टियानो रोनाल्डोले चार खेलपछि सुरुवाती ११ मा स्थान बनाए पनि इंग्लिस क्लब म्यानचेस्टर युनाइटेड घरेलु मैदानमै पराजित भएको छ । युरोपा लिग फुटबलअन्तर्गत समूह चरणको पहिलो खेलमा युनाइटेड रियल सोसिडाडसँग १-० गोल अन्तरले पराजित भएको होे ।
रोनाल्डोले यसअघिका चार खेलमा बेन्चबाट खेल सुरु गरेका थिए । त्यसमा युनाइटेडले सुखद नतिजा ल्याएको थियो । तर, यस खेलमा रोनाल्डाले सुरुवातबाटै खेले पनि आफ्नो टोलीलाई जित दिलाउन सकेनन् ।
गएराति युनाइटेडको घरेलु मैदान ओल्ड ट्राफोर्डमा स्पेनिस क्लब सोसिडाडलाई जित दिलाउन ब्रेइस मेन्डेजले खेलको ५९ औँ मिनेटमा पेनाल्टीमार्फत निर्णायक गोल गरे ।
यस जितसँगै समूह ’ई’ को सोसिडाडले ३ अंक जोडेको छ । युनाइटेडले हारबाट प्रतियोगिताको सुरुवात गरेको छ ।
ताजा अपडेट
-
नेपाली भूमिमा पुनः पाइला टेक्दै छु, सरकार प्रतिशोधात्मक बन्न सक्छ : शेरबहादुर देउवा
-
शिक्षा-स्वास्थ्यको कर खारेजीको निर्णय सही छ, अब बिजुलीको पनि हटाउनु पर्छ : गगन थापा
-
स्वास्थ्य र शिक्षामा लगाइएको तीन प्रतिशत कर लागू गर्ने निर्णयबाट पछि हट्यो सरकार
-
प्रस्तावित प्रमुख निर्वाचन आयुक्त र आयुक्तहरूको संसदीय सुनुवाइ साउन १२ र १३ गते हुने
-
जनकपुर तनावबारे हर्क साम्पाङको खण्डन : ‘म पुगेकै छैन, भ्रम फैलाइयो’


प्रतिक्रिया