NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख २४ गते

ब्राजिलको टोलीमा परेनन् प्रिमियर लिग खेल्ने यी चार महत्वपूर्ण खेलाडी

काठमाडौं । विश्वकपको तयारीस्वरुप खेल्न लागेका दुई खेलका लागि २६ सदस्यीय ब्राजिल राष्ट्रिय फुटबल टोली घोषणा भएको छ ।

मुख्य प्रशिक्षक टिटेले केही प्रमुख खेलाडीलाई टोलीमा समावेश गरेका छैनन् । आजै घोषणा भएको टोलीमा इंग्लिस प्रिमियर लिग खेल्ने महत्वपूर्ण खेलाडीहरू परेका छैनन् ।

आर्सनलका गाब्रियल जेसससँगै गेब्रियल मार्टिनेली गेब्रियल र मागाल्हेस तथा एस्टन भिल्लाका फिलिपे कौटिन्होजस्ता खेलाडी टोलीमा नपरेका हुन् ।

यी चारैजना प्रिमियर लिगमा राम्रो प्रदर्शन गरिरहेका खेलाडी हुन् ।

नयाँ खेलाडीको क्षमता जाँच्न पुरानालाई समावेश नगरिएको प्रशिक्षक टिटेले बताएका छन् ।

ब्राजिलले नोभेम्बरमा कतारमा सुरु हुने विश्वकपको तयारीस्वरुप ब्राजिललले यसै सेप्टेम्बरमा दुई मैत्रीपूर्ण खेल खेल्नेछ ।

ब्राजिलले सेप्टेम्बर २३ मा घाना र २७ मा ट्युनिसियासँग खेल खेल्नेछ । यी दुवै अफ्रिकी देशसँगका खेल फ्रान्समा हुने तय भएका छन् ।

यस्तो छ ब्राजिली टोली :

गोलकिपर – एलिसन, इडर्सन र वेभर्टन

डिफेन्डर – डानिलो, एलेक्स सान्द्रो, एलेक्स टेलास, ब्रेमेर, इडर मिलिटाओ, मार्किन्हस, इवानेज र थियागो सिल्भा

मिडफिल्डर – ब्रुनो गुइमारेस, क्यासिमिरो, फाबिन्हो, फ्रेड, लुकास पाक्वेटा र एभर्टन रिवेइरो

फरवार्ड – एन्टोनी, रोबर्टाे फिर्मिनो, म्याथिअस कुन्हा, नेइमार, पेड्रो, राफिन्हा, रिचार्लीसन, भिनिसियस जुनियर र रोड्रिगो ।