ब्राजिलको टोलीमा परेनन् प्रिमियर लिग खेल्ने यी चार महत्वपूर्ण खेलाडी
काठमाडौं । विश्वकपको तयारीस्वरुप खेल्न लागेका दुई खेलका लागि २६ सदस्यीय ब्राजिल राष्ट्रिय फुटबल टोली घोषणा भएको छ ।
मुख्य प्रशिक्षक टिटेले केही प्रमुख खेलाडीलाई टोलीमा समावेश गरेका छैनन् । आजै घोषणा भएको टोलीमा इंग्लिस प्रिमियर लिग खेल्ने महत्वपूर्ण खेलाडीहरू परेका छैनन् ।
आर्सनलका गाब्रियल जेसससँगै गेब्रियल मार्टिनेली गेब्रियल र मागाल्हेस तथा एस्टन भिल्लाका फिलिपे कौटिन्होजस्ता खेलाडी टोलीमा नपरेका हुन् ।
यी चारैजना प्रिमियर लिगमा राम्रो प्रदर्शन गरिरहेका खेलाडी हुन् ।
नयाँ खेलाडीको क्षमता जाँच्न पुरानालाई समावेश नगरिएको प्रशिक्षक टिटेले बताएका छन् ।
ब्राजिलले नोभेम्बरमा कतारमा सुरु हुने विश्वकपको तयारीस्वरुप ब्राजिललले यसै सेप्टेम्बरमा दुई मैत्रीपूर्ण खेल खेल्नेछ ।
ब्राजिलले सेप्टेम्बर २३ मा घाना र २७ मा ट्युनिसियासँग खेल खेल्नेछ । यी दुवै अफ्रिकी देशसँगका खेल फ्रान्समा हुने तय भएका छन् ।
यस्तो छ ब्राजिली टोली :
गोलकिपर – एलिसन, इडर्सन र वेभर्टन
डिफेन्डर – डानिलो, एलेक्स सान्द्रो, एलेक्स टेलास, ब्रेमेर, इडर मिलिटाओ, मार्किन्हस, इवानेज र थियागो सिल्भा
मिडफिल्डर – ब्रुनो गुइमारेस, क्यासिमिरो, फाबिन्हो, फ्रेड, लुकास पाक्वेटा र एभर्टन रिवेइरो
फरवार्ड – एन्टोनी, रोबर्टाे फिर्मिनो, म्याथिअस कुन्हा, नेइमार, पेड्रो, राफिन्हा, रिचार्लीसन, भिनिसियस जुनियर र रोड्रिगो ।
ताजा अपडेट
-
नयाँ बसपार्कसहित उपत्यकाका विभिन्न नाकामा यात्रुको चाप बढ्यो
-
सरकारकै तर्फबाट विन्ध्यवासिनीमा विधिपूर्वक भित्राइयो फूलपाती
-
कांग्रेस महाधिवेशनमा गगन थापालाई सर्वाधिक मत, टप टेनमा को–को परे ?
-
दसैँमा अस्पतालका आकस्मिक र शल्यक्रिया सेवा नियमित राख्न निर्देशन
-
दसैँ मनाउनुहोस्, तर मुटु जोगाउनुहोस्ः वरिष्ठ मुटुरोग विशेषज्ञ डा लम्साल


प्रतिक्रिया