एसएस फाउन्डेसनद्वारा दोलखाका तीन विद्यालयलाई झोला सहयोग
दोलखा । एसएस फाउन्डेसनले दोलखाका तीनवटा विद्यालयलाई दुई सय ९८ वटा स्कुल ब्याग शनिबार हस्तान्तरण गरेको छ । राप्रपाका केन्द्रीय सदस्य सोभित उप्रेती र नेता दिलविकास राजभण्डारीले संस्थाका अध्यक्षसमेत रहेका कलाकार मदनदास श्रेष्ठ र दोलखाका एमालेका उपाध्यक्ष राजेन्द्र मानन्धरलाई फाउन्डेसनले झोला हस्तान्तरण गरेका हुन् ।
तिखतल प्रावि, त्रिपुरा सुन्दरी निमावि र तम्राकौशिक विद्यालयका विद्यार्थीहरूलाई उक्त झोलाहरू वितरण गरिने छ । झोला दोलखा एमालेका उपाध्यक्ष मानन्धरको व्यवस्थापन र यस संस्थाका अध्यक्ष श्रेष्ठबाट वितरण गरिनेछ ।
एसएस फाउन्डेसनले देशका विभिन्न स्थानमा सहयोग उपलब्ध गराउँदै आएको अध्यक्ष श्रेष्ठले बताए । उनका अनुसार फाउन्डेसनले कोरोना भाइरसको पहिलो र दोस्रो लहरमा देशका विभिन्न स्थानमा स्वास्थ्य सामग्री सहयोग गरेको थियो ।
अध्यक्ष श्रेष्ठले आगामी दिनमा पनि देशैभरी एसएस फाउन्डेसनले आपतविपतको बेला सहयोग गर्ने बताए ।
यसअघि एसएस फाउन्डेसनले डोटीको केआई सिंह गाउँपालिका ४ मा अवस्थित झिमे मालिका विद्यालयलाई २२ सय झोला उपलब्ध गराएको थियो ।
त्यस्तैगरी दोलखाका विभिन्न गाउँपालिकाअन्तर्गत १० वटा विद्यालयलाई पनि २१ सय झोला वितरण गरेको थियो ।
ताजा अपडेट
-
कोप-३१ मा नेपालको प्राथमिकता: जलवायु न्याय, अनुकूलन र हानि-नोक्सानी
-
वर्षमा एक दिन खुल्ने तलेजु भवानी मन्दिर भोलि सर्वसाधारणका लागि खुला
-
ओमानलाई हराउँदै नेपालले जोगायो ओडीआई मान्यता
-
चाडपर्व लक्षित सीमा सुरक्षामा सशस्त्र प्रहरीको सक्रियता, सुनसरीमा गस्ती तथा निगरानी तीव्र
-
एनपीएलमा एक्स्ट्रीमको रौनक, सात टिमको स्पेशल क्यान सबैको हातमा


प्रतिक्रिया