नेपाल टि–ट्वान्टी : यी हुन् ६ टोलीका मार्की खेलाडी

काठमाडौं । नेपालको आधिकारिक फ्रेन्चाइज क्रिकेट प्रतियोगिता नेपाल टि–ट्वान्टी लिगमा सहभागिता जनाउने ६ टोलीले मार्की ६ वटै खेलाडी अनुबन्ध गरेको छ ।
नेपाल क्रिकेट संघ (क्यान)ले ६ टोलीका मार्की खेलाडी सार्वजनिक गरेको हो ।
पहिलो संस्करणको प्रतियोगितामा काठमाडौं कान्तिपुर, लुम्बिनी अल स्टार्स, विराटनगर सुपर किङ्स, जनकपुर रोयल्स, पोखरा एभेन्जर्स र फारवेस्ट युनाइटेडले सहभागिता जनाउँदैछन् ।
काठमाडौं कान्तिपुरले मार्की खेलाडीमा ज्ञानेन्द्र मल्ल, लुम्बिनीले दीपेन्द्रसिंह ऐरी र विराटनगरले रोहित पौडेललाई अनुबन्ध गरेको छ ।
यस्तै जनकपुरले सोमपाल कामी, पोखराले आसिफ शेख र फारवेस्टले करण केसीलाई मार्की खेलाडी चयन गरेको छ ।
नेपाल टि–ट्वान्टी असोज ८ देखि कात्तिक ५ गतेसम्म आयोजना हुनेछ ।
ताजा अपडेट
-
रोनाल्डो फिफा क्लब विश्वकपमा सहभागी नहुने
-
गण्डकी प्रदेश सभामा नीति तथा कार्यक्रममाथि छलफल
-
अमेरिकासँगको करसम्बन्धी वार्तामा ‘प्रगति’, सम्झौता हुन बाँकी : जापान
-
आर्थिक अभावले उपचार नपाउने अवस्थाको अन्त्य हुनुपर्छ : प्रधानमन्त्री
-
अमेरिकी भन्सार शुल्कवृद्धि अन्तर्राष्ट्रिय मापदण्डविरुद्ध’
प्रतिक्रिया