NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख २३ गते

सामाजिक सुरक्षा कोषले घातक रोगमा १० लाख दिने

काठमाडौं । सामाजिक सुरक्षा कोषले घात रोग लागेमा योगदानकर्तालाई उपचारका लागि १० लाख रूपैयाँ उपलब्ध गराउने निर्णय गरेको छ । साथै, सात प्रदेशबाट वार्षिक ८४ जना श्रमिकका सन्तानलाई स्नातक पढाउन ६ लाख रूपैयाँसम्म छात्रवृत्ति दिने कार्यविधिसमेत कोषले पारित गरेको छ ।

कोषका अध्यक्ष एकनारायण अर्यालको अध्यक्षतामा बिहीबार बसेको बोर्ड बैठकले सरकारद्वारा निर्धारण गरिएको घातक रोग लागेमा उपचार खर्च दिने निर्णय गरेको हो । सरकारले १० प्रकारका रोगलाई घातक रोगको सूचीमा राखेको छ । यो सुविधा कोषमा जम्मा भएको रकमको व्याजबाट उपलब्ध गराउन लागिएको हो । यसअघि कोषबाट आश्रित परिवार सुरक्षा योजना, औषधि उपचार, स्वास्थ्य तथा मातृत्व सुरक्षा, दुर्घटना, अशक्तता सुरक्षा, वृद्ध अवस्था र अवकाश योजना कार्यान्वयनमा ल्याएको थियो । जसअनुसार पेसागतजन्य रोगको उपचारमा लाग्ने सबै खर्च बेहोर्नुपर्ने प्रावधान पनि छ । कान्तिपुर दैनिकमा खबर छ ।