सामाजिक सुरक्षा कोषले घातक रोगमा १० लाख दिने
काठमाडौं । सामाजिक सुरक्षा कोषले घात रोग लागेमा योगदानकर्तालाई उपचारका लागि १० लाख रूपैयाँ उपलब्ध गराउने निर्णय गरेको छ । साथै, सात प्रदेशबाट वार्षिक ८४ जना श्रमिकका सन्तानलाई स्नातक पढाउन ६ लाख रूपैयाँसम्म छात्रवृत्ति दिने कार्यविधिसमेत कोषले पारित गरेको छ ।
कोषका अध्यक्ष एकनारायण अर्यालको अध्यक्षतामा बिहीबार बसेको बोर्ड बैठकले सरकारद्वारा निर्धारण गरिएको घातक रोग लागेमा उपचार खर्च दिने निर्णय गरेको हो । सरकारले १० प्रकारका रोगलाई घातक रोगको सूचीमा राखेको छ । यो सुविधा कोषमा जम्मा भएको रकमको व्याजबाट उपलब्ध गराउन लागिएको हो । यसअघि कोषबाट आश्रित परिवार सुरक्षा योजना, औषधि उपचार, स्वास्थ्य तथा मातृत्व सुरक्षा, दुर्घटना, अशक्तता सुरक्षा, वृद्ध अवस्था र अवकाश योजना कार्यान्वयनमा ल्याएको थियो । जसअनुसार पेसागतजन्य रोगको उपचारमा लाग्ने सबै खर्च बेहोर्नुपर्ने प्रावधान पनि छ । कान्तिपुर दैनिकमा खबर छ ।
ताजा अपडेट
-
स्वास्थ्य र शिक्षामा लगाइएको तीन प्रतिशत कर लागू गर्ने निर्णयबाट पछि हट्यो सरकार
-
प्रस्तावित प्रमुख निर्वाचन आयुक्त र आयुक्तहरूको संसदीय सुनुवाइ साउन १२ र १३ गते हुने
-
जनकपुर तनावबारे हर्क साम्पाङको खण्डन : ‘म पुगेकै छैन, भ्रम फैलाइयो’
-
भारतको सिक्किममा भएको सुरुङ दुर्घटनामा नौ मजदुरको मृत्यु, १५ जना अझै बेपत्ता
-
श्रम संस्कृति पार्टीका कार्यकर्ता जानकी मन्दिर परिसरभित्र प्रवेश गर्न खोज्दा लखेटिए


प्रतिक्रिया