म्यादी प्रहरीमा भर्ना खुल्यो, भदौ ३० देखि आवेदन दिन सकिने
काठमाडौं । सरकारले १ लाख १५ हजार म्यादी प्रहरीका लागि भर्ना आह्वमान गरेको छ । आगामी मंसिर ४ मा हुन गइरहेको प्रदेश र प्रतिनिधिभा निर्वाचनको सुरक्षाका लागि सरकारले म्यादी प्रहरी भर्ना गर्न लागेको हो ।
१८ वर्ष पूरा भई ५४ वर्ष ननाघेका नेपाली नागरिकले भदौ ३० गतेदेखि आगामी असोज ६ गतेसम्म आवेदन दिन सक्नेछन् । आवेदन ७७ वटै जिल्लाबाट दिन सकिने व्यवस्था गरिएको छ ।
साधारण लेखपढ गर्न जान्ने, राजनीतिक दलमा आबद्ध नभएका, आतंककारी संगठनको सदस्य नभएको, फौजदारी अभियोगमा सजाय नपाएको, गर्भवती नभएको व्यक्तिले आवेदन दिन सक्ने प्रहरी प्रधान कार्यालयले जनाएको छ ।
आवेदन दिएकाको छनोट असोज १ देखि १४ सम्म र अन्तिम नतिजा प्रकाशन असोज २५ मा हुनेछ । छानिएकालाई असोज ३० गतेदेखि कात्तिक ८ गतेसम्म तालिम दिने प्रहरी प्रधान कार्यालय नक्सालको तयारी छ ।
म्यादी प्रहरीले प्रतिदिन ८६९ रुपैयाँको दरले ४० दिनसम्मको पारिश्रमिक पाउने छन् । खाद्यान्नबापत एकमुष्ट ७ हजार २ सय रुपैयाँ, पोशाक तथा अन्य सामग्री खरिद गर्न ६ हजार रुपैयाँ (हिमाली जिल्लामा खटिनेलाई थप १ हजार), आउने–जाने खर्च १ हजार रूपैयाँ र ३०० रुपैयाँको दरले ४ दिनको खाजा खर्च दिइनेछ ।

ताजा अपडेट
-
अमेरिकी आक्रमणपछि इरान-अमेरिका तनाव थप चर्कियो
-
प्रतिनिधिसभाको शिक्षा समितिद्वारा पाँच विषयगत उपसमिति गठन
-
इबोला भाइरस रोकथाममा मन्त्रालयको उच्च सतर्कता
-
अध्ययन बिदा दुरुपयोग गरेका ४१ त्रिविका प्राध्यापकबाट दश करोडभन्दा बढी असुल
-
‘भारतीय प्रधानमन्त्री मोदीसँगको भेटवार्ता फलदायी र महत्वपूर्ण’ : रवि लामिछाने


प्रतिक्रिया