श्रीलंका भर्सेस पाकिस्तान : ‘हेड टु हेड’मा को अगाडि ?

काठमाडौं । युएईमा जारी एसिया कप टि–२० क्रिकेटको उपाधिका लागि आइतबार साँझ श्रीलंका र पाकिस्तान भिड्दैछन् ।
दुबई अन्तराष्ट्रिय क्रिकेट मैदानमा हुने फाइनल खेल नेपाली समयअनुसार साँझ ७ः४५ मा सुरु हुनेछ ।
श्रीलंका सुपर चारमा अपराजित रहँदै फाइनल पुगेको हो । श्रीलंकाले अफगानिस्तान, भारत र पाकिस्तानलाई हराएको थियोे । अन्तिम खेलमा पाकिस्तानलाई पाँच विकेटले पराजित गरेर श्रीलंका शीर्ष स्थानमा रहँदै फाइनलमा पुगेको हो ।
भारत र अफगानिस्तानलाई हराएको पाकिस्तान दोस्रो स्थानमा रहेर फाइनलमा पुगेको हो ।
श्रीलंका पाँच पटकको उपाधि विजेता हो । यसपटक श्रीलंका छैटौं पटक उपाधि जित्ने योजनामा रहेको छ ।
पाकिस्तानले दुई पटक एसिया कप जितेको छ । पाकिस्तान तेस्रो पटक उपाधि उचाल्न चाहन्छ ।
आज दुबै टोली जित निकाल्दै उपाधि उचाल्ने योजनामा रहेकाले फाइनल खेल रोमाञ्चक हुने अनुमान गरिएको छ ।
श्रीलंका र पाकिस्तानले टि–२० का २२ खेल खेलेका छन् । पाकिस्तानले १२ खेल जित्दा श्रीलंकाले ९ खेलमात्र जितेको छ ।
जारी प्रतियोगितामा भारत, पाकिस्तान, अफगानिस्तान, बंगलादेश, श्रीलंका तथा हङकङको सहभागिता थियो । बंगलादेश र हङकङ समूह चरणबाटै बाहिरिए भने भारत र अफगानिस्तान सुपर ४ सम्म पुगेका थिए ।
पाकिस्तानी बलरका दुई छक्का जसले अफगानिस्तान र भारतलाई स्तब्ध बनायो [भिडियोसहित]
ताजा अपडेट
-
नेप्से परिसूचक २८ अंकले बढ्यो
-
नेपालको कृषि क्षेत्रमा प्रत्यक्ष वैदेशिक लगानीका लागि परराष्ट्र मन्त्रीको आग्रह
-
मनसुनका एक महिना : ६७४ घटना, ३१ जनाको मृत्यु, ११२ घाइते
-
सिक्टा सिँचाइ : पश्चिमी मूल नहरको छैटौँ शाखा नहर निर्माण सम्पन्न
-
आर्थिक कुटनीति र लगानी प्रर्वद्धनका लागि चेम्बर र आईआरजीडीडीबीच सम्झौता
प्रतिक्रिया