NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ जेठ ४ गते

मानिस र चितुवाबीच पाँच मिनेट घम्साघम्सी भएपछि…

काठमाडौं । गुल्मीको रेसुङ्गा नगरपालिका –६ निनिचौरमा अलि फरक घटना घटेको छ । स्थानीय यमबहादुर कुँवरले पालेका कुखुराको खोरमा एउटा चितुवा पस्यो ।

कुखुरा खान पसेको उक्त चितुवा कुँवर माथि नै जाइलाग्यो । कुँवरले प्रतिकार गरे । दुईबीच करिब पाँच मिनेट झडप भयो । अन्त्यमा त्यो चितुवालाई मार्न सफल भए ।

चितुवासँग झडपका क्रममा कुँवर घाइते भएका छन् । ३० वर्षीय कुँवरको अहिले गुल्मी अस्पताल तम्घासमा उपचार भइरहेको पारिवारिक स्रोतले जनाएको छ ।

घटनापछि घटनास्थलमा प्रहरी तथा वन कार्यालय गुल्मीका अधिकारीहरू पुगेका थिए ।

जिल्ला वन कार्यालयका प्रमुख प्रभात सापकोटाले चितुवाको मुचुल्का उठाउने काम भइरहेको बताए ।