मानिस र चितुवाबीच पाँच मिनेट घम्साघम्सी भएपछि…
काठमाडौं । गुल्मीको रेसुङ्गा नगरपालिका –६ निनिचौरमा अलि फरक घटना घटेको छ । स्थानीय यमबहादुर कुँवरले पालेका कुखुराको खोरमा एउटा चितुवा पस्यो ।
कुखुरा खान पसेको उक्त चितुवा कुँवर माथि नै जाइलाग्यो । कुँवरले प्रतिकार गरे । दुईबीच करिब पाँच मिनेट झडप भयो । अन्त्यमा त्यो चितुवालाई मार्न सफल भए ।
चितुवासँग झडपका क्रममा कुँवर घाइते भएका छन् । ३० वर्षीय कुँवरको अहिले गुल्मी अस्पताल तम्घासमा उपचार भइरहेको पारिवारिक स्रोतले जनाएको छ ।
घटनापछि घटनास्थलमा प्रहरी तथा वन कार्यालय गुल्मीका अधिकारीहरू पुगेका थिए ।
जिल्ला वन कार्यालयका प्रमुख प्रभात सापकोटाले चितुवाको मुचुल्का उठाउने काम भइरहेको बताए ।
ताजा अपडेट
-
स्वास्थ्य र शिक्षामा लगाइएको तीन प्रतिशत कर लागू गर्ने निर्णयबाट पछि हट्यो सरकार
-
प्रस्तावित प्रमुख निर्वाचन आयुक्त र आयुक्तहरूको संसदीय सुनुवाइ साउन १२ र १३ गते हुने
-
जनकपुर तनावबारे हर्क साम्पाङको खण्डन : ‘म पुगेकै छैन, भ्रम फैलाइयो’
-
भारतको सिक्किममा भएको सुरुङ दुर्घटनामा नौ मजदुरको मृत्यु, १५ जना अझै बेपत्ता
-
श्रम संस्कृति पार्टीका कार्यकर्ता जानकी मन्दिर परिसरभित्र प्रवेश गर्न खोज्दा लखेटिए


प्रतिक्रिया