सर्वोच्चको भवन ठेक्कामा चोलेन्द्रले ओली र विष्णु पौडेलको नाम लिएपछि…

काठमाडौं । महाअभियोग सिफारिस समितिमा बयान दिइरहेका निलम्बित प्रधानन्यायाधीश चोलेन्द्रशमशेर राणाले सर्वोच्च अदालतको भवन ठेक्कामा तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओली र अर्थमन्त्री विष्णु पौडेलको नामसमेत मुछेका छन् ।
आइतबार बयानका क्रममा राणालाई भवन ठेक्का सदरबारे प्रश्न सोधिएको थियो । उनले भवन ठेक्कापट्टामा आफूलाई ओली र पौडेलले सहयोग गरेको बताए ।
‘तत्कालीन प्रधानमन्त्री (ओली) र अर्थमन्त्री (पौडेल)ले सहयोग पनि गर्नु भएको छ । तत्कालीन अर्थमन्त्री यहीँ हुनुहुन्छ, उहाँले सहयोग गरेका कारण सफल भएको हुँ,’ एमाले नेता पौडेलतिर उनले भने ।
बयानका क्रममा राणाले सहकर्मी न्यायाधीशमाथि लान्छना लगाउने कार्य आइतबार पनि जारी राखेको कांग्रेस नेता मीन विश्वकर्माले बताए ।
प्रतिक्रिया