सर्वोच्चको भवन ठेक्कामा चोलेन्द्रले ओली र विष्णु पौडेलको नाम लिएपछि…
काठमाडौं । महाअभियोग सिफारिस समितिमा बयान दिइरहेका निलम्बित प्रधानन्यायाधीश चोलेन्द्रशमशेर राणाले सर्वोच्च अदालतको भवन ठेक्कामा तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओली र अर्थमन्त्री विष्णु पौडेलको नामसमेत मुछेका छन् ।
आइतबार बयानका क्रममा राणालाई भवन ठेक्का सदरबारे प्रश्न सोधिएको थियो । उनले भवन ठेक्कापट्टामा आफूलाई ओली र पौडेलले सहयोग गरेको बताए ।
‘तत्कालीन प्रधानमन्त्री (ओली) र अर्थमन्त्री (पौडेल)ले सहयोग पनि गर्नु भएको छ । तत्कालीन अर्थमन्त्री यहीँ हुनुहुन्छ, उहाँले सहयोग गरेका कारण सफल भएको हुँ,’ एमाले नेता पौडेलतिर उनले भने ।
बयानका क्रममा राणाले सहकर्मी न्यायाधीशमाथि लान्छना लगाउने कार्य आइतबार पनि जारी राखेको कांग्रेस नेता मीन विश्वकर्माले बताए ।
ताजा अपडेट
-
कराते टोली जापान प्रस्थान, खेलाडीलाई विमानस्थलको ‘भिआइपी’ सुविधा
-
बाढीपछि पर्यटन क्षेत्रको पुनरुत्थानका लागि सरकार र निजी क्षेत्रबीच सहकार्य
-
संयुक्त राष्ट्रसङ्घले नेपाललाई चार करोड ९६ लाख अमेरिकी डलर सहयोग गर्ने
-
रसुवा बाढी : १२ सय ९५ शव फेला, झन्डै पाँच हजार अझै बेपत्ता
-
जनकपुरका राजगुठीअन्तर्गतका पोखरी अतिक्रमण हटाउने दोस्रो चरणको प्रक्रिया शुरु, ७ दिने सार्वजनिक सूचना जारी


प्रतिक्रिया