NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ जेठ ५ गते

द ब्रिटिस कलेजको ‘दीक्षान्त समारोह २०२२’ सम्पन्न, ४१५ जना विद्यार्थी दीक्षित

काठमाडाैं । यस वर्ष धेरैजना विद्यार्थीहरू भएका कारण दीक्षान्त समारोह दुई चरणमा आयोजना गरिएको थियो । पहिलो चरण बिहान विजनेशका विद्यार्थीहरू दीक्षित भए भने आइटीका विद्यार्थीहरुले दिउँसो दीक्षित भएका थिए ।

कार्यक्रममा विशिष्ट व्यक्तिहरूको उपस्थिति रहेको थियो । ब्रिटिस काउन्सिलकी बिजनेश म्यानेजर क्रिस्टिना कंसकार, इन्टरनेशनल पार्टनरसिप्सका प्रमुख
प्याट्रिसिया भोयडोन, नेपालका लागि युडब्लुइ कन्ट्री म्यानेजर सुजन घिमिरे, एकेडेमिक्सका भाइस चान्सलर फिल कार्डियु, दक्षिण एसियाका लागि एलबियु
रिजनल प्रमुख जयश्री रघुरामको उपस्थिति रहेको थियो ।

त्यस्तै अन्य अतिथिमा पउल क्लिभेस, डा।अर्जुन कुमार कार्की, माइकल रुटल्याण्ड, डा एच सी, चिरन थापा, दुई आद्यौँगिक सल्लाहकार बोर्ड सदस्यहरु टिम गोचर र सिद्यान्त राज पाण्डेको उपस्थिति रहेको थियो ।

द ब्रिटिस कलेजका कार्यकारी निर्देशक महेन्द्रराज कडेँलले पानसमा दियो बालेर कार्यक्रमको उद्घाटन गरेका थिए । त्यस्तै, द ब्रिटिस कलेजका सिइओ राजन कडेलले स्वागत मन्तव्य दिएका थिए । उनले दीक्षित भएका विद्यार्थीहरुलाई बधाई दिनुका साथ भविष्यमा थप सफलताको कामना गरे ।

उनले भने, ‘कोरोना संक्रमणको कालमा पनि ब्रिटिस कलेजले पठनपाठनलाई चुस्तदुरुस्त राख्न सफल भयो । आज विद्यार्थीहरूले ब्रिटिस एक्रिडियस काउन्सिलबाट मान्यता प्राप्त यस कलेजबाट डिग्री लिइरहेका छन् । विद्यार्थीहरुको थप सफलताको कामना म गर्छु ।’

ताजा अपडेट

नेपालवाच विशेष