आइएसको आक्रमणबाट ६ जनाको मृत्यु
काठमाडाैं । सिरियाको हासकाह प्रान्तमा आइएसको आक्रमणमा परी कम्तीमा पनि छ जना नागरिकको ज्यान गएको छ । त्यहाँका हासकाह प्रान्तमा आइतबार सडकमा सवारी साधनमा रहेका नागरिकमाथि हमला गरेर ती व्यक्तिको ज्यान लिएका हुन् ।
आइएसका आतङ्ककारीहरुले सडकमा रहेका नागरिकलाई एम्बुसमा पारेर हत्या गरेका हुन् । मारिएका व्यक्ति को हुन् भन्ने बारेमा भने आझै खुलेको छैन ।
पछिल्लो समयमा आइएस आतङ्ककारीहरुले सडकमै एम्बुस थापेर व्यक्ति हत्या गर्ने गरेका छन् ।
त्यहाँका अधिकारीहरुले दिएको जानकारीअनुसार आइएसहरुले सन् २०२२ शुरुबाट हालसम्म एक सय ३० वटा एम्बुस आक्रमण गरेका थिए । ती आक्रमणहरुमा परेर एक सय भन्दा बढी सर्वसाधारण मारिएका छन् ।
ताजा अपडेट
-
मुद्दा फर्छ्यौटमा ‘अब्बल’ न्यायाधीश आचार्य विशेष अदालतको अध्यक्ष नियुक्त
-
हदबन्दीभन्दा बढी जग्गाको देशव्यापी अनुगमन सुरु, ४० भन्दा बढी जिल्लामा फिल्डमै पुगिने
-
हस्तकला विकास बोर्ड गठनमा सरकार सकारात्मक छ: प्रधानमन्त्री
-
व्यवसायी शंकर अग्रवाल पक्राउ
-
यस्ता छन् मन्त्रिपरिषद बैठकका सात निर्णय


प्रतिक्रिया