कसले कतिपटक जितेको छ एसिया कप ?
काठमाडौं । १५ औँ संस्करणको एसिया कप क्रिकेटको उपाधि श्रीलंकाले जितेको छ । युएईमा गएराति भएको फाइनलमा पाकिस्तानलाई २३ रनले हराउँदै टि–२० एसिया कपको उपाधि श्रीलंकाले जितेको हो ।
एसिया कप सन् १९८४ मा सुरु भएको हो । २०१४ सम्म एकदिवसीय प्रतियोगिता हुने गरेको थियो । तर, २०१६ देखि टि–२० पनि हुने गरेको छ । २०१६ मा टि–२० भए पनि फेरि २०१८ मा भने एकदिवसीय एसिया कप भएको थियो ।
यससँगै श्रीलंकाले पहिलोपटक टि–२० संस्करणको एसिया कप जितेको हो । यसअघि श्रीलंकाले १९८६, १९९७, २००४, २००८ र २०१४ मा एकदिवसीय एसिया कपको उपाधि जितेको हो । समग्रमा श्रीलंकाले ६ पटक एसिया कपको उपाधि जित्न सफल भएको छ ।
यस्तै, भारत एसिया कपको सर्वाधिक ७ पटकको विजेता हो । भारतले १९८४, १९८८, १९९०–९१, १९९५, २०१०, २०१६ र २०१८ मा एसिया कप जितेको छ । यसमध्ये २०१६ मा जितेको टि–२० हो ।
यसैगरी, पाकिस्तानले २००० र २०१२ गरी दुईपटक एसिया कपको उपाधि जितेको छ । यी दुवै संस्करण एकदिवसीय हुन् । पाकिस्तानले हालसम्म टि–२० संस्करणको एसिया कप जितेको छैन ।
बंगलादेश भने तीनपटक फाइनलमा पुगे पनि उपाधि जितेको छैन ।
त्यस्तै, अफगानिस्तान दुईपटक सुपर चारमा पुगेको छ भने युएई र हङकङ समूह चरणभन्दा अगाडि बढ्न सकेका छैनन् ।
ताजा अपडेट
-
कांग्रेस केन्द्रीय अनुशासन समितिको बैठक बस्दै
-
लुम्बिनी प्रदेशमा मन्त्रिपरिषद् पुनर्गठन: पाँच नयाँ मन्त्री थपिए, जेठ २५ गते शपथ
-
एसियाली छनोटः समूह विजेता बन्ने लक्ष्यसहित आज मलेसियाविरुद्ध भिड्दै नेपाल
-
केही हिमाली तथा पहाडी भूभागमा वर्षाको सम्भावना, तराईमा गर्मी बढ्ने
-
पर्यटकीयस्थल नगरकोट : सीमाङ्कनको प्रक्रिया बीचमै छाडियो


प्रतिक्रिया