सन्दीप प्रकरणबारे बोलिन् रिमा
काठमाडौं । अभिनेत्री, मोडल तथा एंकर रिमा विश्वकर्मा नेपाली राष्ट्रिय क्रिकेट टोलीका निलम्बित कप्तान सन्दीप लामिछाने प्रकरणबारे बोलेकी छिन् ।
आरोप लगाएकै भरमा सन्दीपलाई दोषी जसरी राज्यले कालोसूचीमा राखेकोमा रिमाले आपत्ति जनाएकी छिन् ।
‘सन्दीप लामिछाने दोषी होलान् या निर्दोष यो त छानबिनपछि नै थाहा होला । दोषी भएमा उनले देशको कानुनबमोजिम सजाय पाउनु पर्छ । अपराधीले कुनै पनि हालतमा उन्मुक्ति पाउनु हँुदैन,’ उनले सामाजिक सञ्जालमा प्रश्न गरेकी छिन्, ‘तर आरोप लगाएकै भरमा राज्यले छानबिनकै क्रममा रहेको विषयमा दोषी नै भए जसरी एक अन्तराष्ट्रिय स्तरको रास्ट्रिय खेलाडीलाई कालोसूचीमा राख्नु कतिसम्म न्यायपूर्ण छ ?’
क्रिकेटर सन्दीपलाई एक १७ वर्षीया किशोरीले बलात्कारको आरोप लगाउँदै काठमाडौं प्रहरीमा मुद्दा दर्ता गरेकी छिन् ।
ताजा अपडेट
-
एसियाली छनोटः समूह विजेता बन्ने लक्ष्यसहित आज मलेसियाविरुद्ध भिड्दै नेपाल
-
केही हिमाली तथा पहाडी भूभागमा वर्षाको सम्भावना, तराईमा गर्मी बढ्ने
-
पर्यटकीयस्थल नगरकोट : सीमाङ्कनको प्रक्रिया बीचमै छाडियो
-
अमेरिकी आक्रमणपछि इरान-अमेरिका तनाव थप चर्कियो
-
प्रतिनिधिसभाको शिक्षा समितिद्वारा पाँच विषयगत उपसमिति गठन


प्रतिक्रिया