NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख २८ गते

नबिल बैंकले एकै दिन खोल्यो ८ नयाँ शाखा

काठमाडाैं । नबिल बैंकले आइतबार एकै दिन ८ ठाउँमा आफ्ना शाखा विस्तार गरेको छ । बैंकले मंगलबजार, इलाम, मुलपानी, सुरुङ्गा, भागवानपाउ (डल्लु), साँखु, काँकडभिट्टा र भण्डारामा आइतबार एकै साथ शाखाहरु उद्घाटन गरेको हो ।

योसंगै नबिल बैंकको कुल शाखा संख्या २३३ पुगेको बैंकले जनाएको छ । बैंकले आफ्नो दीर्घकालीन रणनीति अनुरुप शाखाहरू बिस्तार भएको र नयाँ बजारहरूमा आफ्नो उपस्थिती गराई स्थानीय बासिन्दा, व्यापारी र विद्यमान ग्राहकहरूलाई सेवा प्रदान गर्ने लक्ष्य लिएको छ ।

नबिल बैंकको शाखा विस्तारसँगै स्थानीय जनताहरुले बैंकका विभिन्न सेवा सुविधाहरु बिना झन्झट पाउने वातावरण बनाउने बैंकले जनाएको छ । बैंकका प्रमुख कार्यकारी अधिकृत ज्ञानेन्द्र ढुङ्गानाले यी शाखाहरू मार्फत विस्तारित क्षेत्रहरूमा थप मानिसहरूलाई सेवा प्रदान गर्न सक्षम भएकोमा खुशी व्यक्त गरे ।

नबिल बैंक आफ्ना सेवाग्राही तथा ग्राहकहरुलाई पूर्ण वित्तीय सेवा प्रदान गर्न सदैब प्रतिबद्ध छ । विगत ३८ वर्षदेखि ग्राहकहरूलाई उत्कृष्ट सेवा प्रदान गर्दै आएको नबिल बैंकको नयाँ शाखाहरूले ग्राहकरुलाई पूर्ण रुपमा अत्याधुनिक बैंकिङ सेवाहरू प्रदान गन जनाएको छ ।

मुलुककै अग्रणी बैंकमध्येको एक नबिल बैंकले समाज र विभिन्न वर्गका बैंकिङ आवश्यकताहरू पूरा गर्नका निम्ती देशका विभिन्न क्षेत्रहरुमा आफ्नो सञ्जाल विस्तार गर्दै आइरहेको छ ।