NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८२ वैशाख ६ गते

सुनको मूल्य पुन : घट्यो, चाँदी बढ्यो

काठमाडाैं । सोमबार घटेको सुनको मूल्य मंगलबार पनि घटेको छ । मंगलबार छापावाल सुन प्रतितोला एक सय रूपैयाँ घटेर ९३ हजार पाँच सय रूपैयाँमा कारोबार भइरहेको हो ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सोमबार छापावाल सुन ३ सय रूपैयाँ घटेर ९३ हजार ६ सय रूपैयाँमा कारोबार भएको थियो ।
त्यस्तै आज तेजावी सुनको मूल्य ९३ हजार रूपैयाँ कायम भएको छ । सोमबार तेजावी सुन प्रतितोला ९३ हजार एक सय रूपैयाँ तोकिएको थियो ।

सोमबार स्थिर चाँदी आज प्रतितोला ३५ रूपैया बढेको छ । महासंघका अनसार आज चाँदी एक हजार १८५ रूपैयाँमा कारोबार भइरहको हो । सोमबार चाँदी एक हजार १५० रूपैयाँमा कारोबार भएको थियो ।

ताजा अपडेट

नेपालवाच विशेष