सुनको मूल्य पुन : घट्यो, चाँदी बढ्यो
काठमाडाैं । सोमबार घटेको सुनको मूल्य मंगलबार पनि घटेको छ । मंगलबार छापावाल सुन प्रतितोला एक सय रूपैयाँ घटेर ९३ हजार पाँच सय रूपैयाँमा कारोबार भइरहेको हो ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सोमबार छापावाल सुन ३ सय रूपैयाँ घटेर ९३ हजार ६ सय रूपैयाँमा कारोबार भएको थियो ।
त्यस्तै आज तेजावी सुनको मूल्य ९३ हजार रूपैयाँ कायम भएको छ । सोमबार तेजावी सुन प्रतितोला ९३ हजार एक सय रूपैयाँ तोकिएको थियो ।
सोमबार स्थिर चाँदी आज प्रतितोला ३५ रूपैया बढेको छ । महासंघका अनसार आज चाँदी एक हजार १८५ रूपैयाँमा कारोबार भइरहको हो । सोमबार चाँदी एक हजार १५० रूपैयाँमा कारोबार भएको थियो ।
ताजा अपडेट
-
भन्सार छलीको आशङ्कामा सशस्त्र प्रहरीद्वारा ७७४ वटा गाडी नियन्त्रणमा
-
अमेरिकी संसदद्वारा ट्रम्पलाई इरानमा सैन्य कारवाही विस्तार गर्नबाट रोक्ने प्रस्ताव पारित
-
हुलाकमार्फत घरघरमै राहदानी
-
यस्तो छ आजका लागि कृषि उपजको थोक मूल्य
-
ट्राफिक कारबाहीमा एकै दिन २२ लाख ७६ हजार राजस्व संकलन


प्रतिक्रिया