एनआईसी एशिया बैंकका ग्राहकले दराजमा अनलाईन किनमेल गर्दा २५००सम्म छुट पाउने
काठमाडौं । एनआईसी एशिया बैंकले दशैंको उपलक्षमा दराज ई-कमर्शबाट अनलाइन किनमेल गर्ने आफ्ना ग्राहकलाई आकर्षक छुट प्रदान गर्ने भएको छ ।
भोलिदेखि २०७९ आश्विन ११ सम्मको लागि लागू हुने यस योजना अनुसार दराजमा बैंकको डेबिट कार्ड प्रयोग गरी खरिद गर्दा १५ प्रतिशत वा २ हजार रुपैयाँसम्मको छुट उपलब्ध हुनेछ र क्रेडिट कार्डमार्फत् खरिद गर्दा २० प्रतिशत वा २५ रुपैयाँसम्मको छुट उपलब्ध हुनेछ ।
चाडपर्वलाई लक्षित गर्दै बैंकले आफ्ना ग्राहक महानुभावहरूलाई डिजिटल कारोबारतर्फ प्रोत्साहन गर्न दराजसँगको सहकार्यमा यस्तो योजना ल्याएको हो । आफ्नो कार्डमा ई-कमर्श भुक्तानी सुविधा नलिएका यस बैंकका डेबिट तथा क्रेडिट कार्ड प्रयोगकर्ताहरूले बैंकको वेबसाइट तथा मोबाइल बैंकिङ्ग एपमा रहेको आइसर्भ मार्फत् एवं एपमार्फत् सोझै सहजरुपमा आफ्नो कार्डमा ई-कमर्श सुचारु गरी यस योजनाको अधिकतम फाइदा उठाउन सक्ने बैंकले जनाएको छ ।
बैंकले देशभर रहेका ३५९ शाखा, ४७३ एटिएम, १०२ वटा विस्तारित काउन्टर एवं ८१ वटा शाखारहित बैंकिङमार्फत् बैंकिङ्ग सेवा प्रदान गर्ने मुलुककै सबैभन्दा ठूलो शाखा सञ्जाल भएको बैंक हुन पुगेको छ ।
देशको कुल जनसंख्यामध्ये २० वर्षदेखि ५० वर्ष उमेर समूहसम्मको आर्थिकरूपमा सक्रिय जनसंख्याको करिब २५ प्रतिशत जनतालाई यस बैंकमार्फत सेवा दिँदै आएको छ ।
ताजा अपडेट
-
नेपाली भूमिमा पुनः पाइला टेक्दै छु, सरकार प्रतिशोधात्मक बन्न सक्छ : शेरबहादुर देउवा
-
शिक्षा-स्वास्थ्यको कर खारेजीको निर्णय सही छ, अब बिजुलीको पनि हटाउनु पर्छ : गगन थापा
-
स्वास्थ्य र शिक्षामा लगाइएको तीन प्रतिशत कर लागू गर्ने निर्णयबाट पछि हट्यो सरकार
-
प्रस्तावित प्रमुख निर्वाचन आयुक्त र आयुक्तहरूको संसदीय सुनुवाइ साउन १२ र १३ गते हुने
-
जनकपुर तनावबारे हर्क साम्पाङको खण्डन : ‘म पुगेकै छैन, भ्रम फैलाइयो’


प्रतिक्रिया