कोरोना बीमाको दावी भुक्तानीका लागि १ अर्ब निकासा
काठमाडौं । लामो समयदेखि भुक्तानी हुन नसकेको कोरोना बीमाको बाँकी दावी भुक्तानीका लागि सरकारले १ अर्ब निकासा गर्ने भएको छ । अर्थमन्त्रालयले १ अर्ब रूपैयाँ निकासा गर्ने निर्णय गरेको बीमा समितिले जानकारी दिएको छ ।
गतसाता मन्त्रिपरिषद्को १ अर्ब निकासा गर्ने निर्णय भएसँगै अब भुक्तानी हुने भएको हो । बीमा समितिका अनुसार रकम भने खातामा अइसकेको छैन ।
कोरोना बीमा मार्गनिर्देशन २०७७ अनुसार १७ लाख ५८ हजार ३४३ जनाले कोरोना बीमा गरेको थिए । जसमध्ये १ लाख ६५ हजार ५९ बीमितले १५ अर्ब ८२ करोड २१ लाख ७१ हजार ५५४ रूपैयाँ बराबरको दावी परेको थियो ।
दाबी रकममध्ये बीमा कम्पनी, पुनर्बीमा कम्पनी र बीमा समितिसमेतबाट ३ अर्ब ५० करोड दावी भुक्तानी भएको छ । अब सरकारको दायित्वमा १२ अर्ब ३२ करोड भन्दा बढी दावी भुक्तानी तिर्न बाँकी छ । साढे ३ अर्ब भन्दा बढीको दायित्व सकारले लिने गरी कोरोना बीमा मार्गदर्शन आएको थियो ।
ताजा अपडेट
-
कोप-३१ मा नेपालको प्राथमिकता: जलवायु न्याय, अनुकूलन र हानि-नोक्सानी
-
वर्षमा एक दिन खुल्ने तलेजु भवानी मन्दिर भोलि सर्वसाधारणका लागि खुला
-
ओमानलाई हराउँदै नेपालले जोगायो ओडीआई मान्यता
-
चाडपर्व लक्षित सीमा सुरक्षामा सशस्त्र प्रहरीको सक्रियता, सुनसरीमा गस्ती तथा निगरानी तीव्र
-
एनपीएलमा एक्स्ट्रीमको रौनक, सात टिमको स्पेशल क्यान सबैको हातमा


प्रतिक्रिया