विद्युत् सेवा विस्तार नहुँदा अन्धकारमा बस्न बाध्य
कपिलवस्तु । कपिलवस्तुको शिवराज नगरपालिका–१ चोरखोला गाउँमा अहिलेसम्म विद्युत् सेवा विस्तार हुन सकेको छैन । विद्युत् नभएका कारण ४५ घर परिवार वर्षौदेखि राति समयमा अन्धकारमा बस्न बाध्य छन् ।
चोरखोला गाउँमा पूर्वपश्चिम राजमार्ग विस्तार गर्दा विसं २०२८ मा गाउँ बसेको हो । गाउँ बसेको ५० वर्षभन्दा बढी बिते पनि अझैसम्म विद्युत् सेवा पुग्न नसकेको स्थानीय एम वि सेन्चुरीले बताए । वनकासवासा र धानखोलामा विद्युत् नहुँदा त्यहाँका बासिन्दालाई निकै कठिनाइ भोग्नुपरेको धानखोलाका समाजसेवी दिनेश पुन बताउँछन् ।
वनकसबासादेखि आठ किलोमिटर र धानखोलादेखि सात किलोमिटरको दुरी मात्र रहेपनि सम्बन्धित निकायले विद्युत् लाइन विस्तारको लागि खासै चाँसो नदिएको समाजसेवी दिनेश पुनले बताए ।
स्थानीय धर्मविर मगर विद्युत् सेवा नहुँदा सञ्चार सम्पर्कबाट पनि बिच्छेद हुने गरेको बताउँछन् । शिवराज नगरपालिकाका नगरप्रमुख अजय थापाले त्यस क्षेत्रमा विद्युत् सेवा विस्तारका लागि नेपाल विद्युत् प्राधिकरण कृष्णनगरसँग समन्वय गरिरहेको बताए ।
अहिले बर्खाको समय भएकाले काम सुरु हुन समस्या हुदाँ असोजदेखि विद्युत् विस्तारको काम सुरु हुने उनले जानकारी दिए । नेपाल विद्युत् प्राधिकरण कृष्णनगर वितरण शाखा प्रमुख कमर आलम खाँले अब केही महिनाभित्रै चोरखोलामा विद्युत् विस्तार गरिने बताए ।
टेन्डर प्रक्रियाअघि बढेकाले अब विद्युत् विस्तारको काम सुरु गर्ने शाखा प्रमुख खाँले जनाएका छन् ।
ताजा अपडेट
-
अमेरिकी संसदद्वारा ट्रम्पलाई इरानमा सैन्य कारवाही विस्तार गर्नबाट रोक्ने प्रस्ताव पारित
-
हुलाकमार्फत घरघरमै राहदानी
-
यस्तो छ आजका लागि कृषि उपजको थोक मूल्य
-
ट्राफिक कारबाहीमा एकै दिन २२ लाख ७६ हजार राजस्व संकलन
-
परराष्ट्रमन्त्री खनाल शनिबारदेखि तीनदिने औपचारिक भ्रमणमा भारत जाँदै


प्रतिक्रिया