माधव नेपालको पार्टीले ३ प्रतिशत मत नकटाउने ओलीको भविष्यवाणी यस्तो छ
काठमाडौं । एमालेका अध्यक्ष केपी शर्मा ओलीले आगामी निर्वाचनमा माधव नेपालको पार्टीले थ्रेसहोल्ड अर्थात् ३ प्रतिशत मत पनि नकटाउने दाबी गरेका छन् ।
नेपाल लोकतान्त्रिक तमु संघले मंगलबार पोखरामा आयोजना गरेको कार्यक्रममा ओलीले आगामी चुनावसम्म नेकपा एस कार्यकर्ताबिनाको पार्टी बन्ने जिकिर गरे ।
‘मैले गरेको भविष्यवाणी रेकर्ड गरेर राख्नोस् । माधव नेपालले आगामी निर्वाचनमा ३ प्रतिशत मत नै कटाउँदैनन्ु, उनले भने, मंसिरसम्ममा त्यो पार्टीमा कोही कार्यकर्ता नै हुँदैन। एक सिट जिताइदिनोस् ।’
कार्यक्रममा ओलीले प्रचण्डमाथि कटाक्ष गर्दै उनले माओवादीको भविष्य नभएको टिप्पणी गरे । उनले प्रचण्डको वरिपरी आफू र आफन्तबाहेक कोही नभएको बताए । प्रचण्डकै कारण माओवादी आन्दोलन समाप्त भएको उनले जिकिर गरे ।
ओलीले स्थानीय तह निर्वाचनको पूर्वसन्ध्यामा पनि वैशाखपछि पाँच दल सेती नदिमा बग्ने भविष्यवाणी गरेका थिए। एकीकृत समाजवादीले एक सिट पनि नजित्ने दाबी गरेका थिए ।
ताजा अपडेट
-
राति १० बजेपछि नारायणगढ–मुग्लिन सडकमा सवारी आवागमन बन्द
-
कोशी नदीमा पानीको बहाव बढ्दो क्रममा, ब्यारेजका ५२ ढोका खोल्ने तयारी
-
वित्तिय स्थायित्व, पुनरुत्थान र संरचनात्मक सुधारको सन्दर्भमा नेपाल राष्ट्र बैंकको मौद्रिक नीति २०८३/८४
-
तोलामा १,९०० महँगियो सुन
-
फिफा विश्वकप २०२६ फाइनल : उपाधिका लागि आज स्पेन र अर्जेन्टिना भिड्दै


प्रतिक्रिया