जमैकाबाट हिँडेका सन्दीप कता गए ?

काठमाडौं । नेपाली राष्ट्रिय क्रिकेट टोलीका तत्कालीन कप्तान सन्दीप लामिछानेविरुद्ध एक १७ वर्ष ७ महिनाकी किशोरीले बलात्कारको आरोप लगाएकी छिन् ।
क्यारेबियन प्रिमियर लिग खेल्न वेष्ट इण्डिज क्षेत्रको जमैका गएका सन्दीपमाथि प्रहरीले पक्राउ पुर्जी जारी गरेको पनि आज पाँच दिन भइसकेको छ ।
प्रहरीले पक्राउ पुर्जी जारी गरेपछि सन्दीपले सामाजिक सञ्जालमार्फत आफू छिट्टै नेपाल फर्किने बताएका थिए । तर, पाँच दिन बितिसक्दा पनि उनी आइपुगेका छैनन् ।
यता, नेपाल क्रिकेट संघ (क्यान)का अध्यक्ष चतुरबहादुर चन्दले भने सन्दीप नेपाल आउन जमैकाबाट हिँडिसकेको जानकारी पाएको बताएका छन् ।
यद्यपि, सन्दीप आइपुगेको सूचना बाहिरिएको छैन । कता गए त उनी ? भन्ने प्रश्न सबैतिर उठिरहेको छ ।
कतिपय साना अनलाइनहरूले सन्दीप भागेको भनेर समाचार पनि बनाइसके । कतिपयले भने उनले राति सुटुक्क आएर प्रहरीसँग आत्मसमर्पण गरेको बताइरहेका छन् ।
तर, प्रहरी, त्रिभुवन विमानस्थल वा क्यानले सन्दीप आइसकेको सूचना बाहिर दिएको छैन । यसकारणले सन्दीप कहाँ, कस्तो अवस्थामा छन् भन्ने विषय कौतुहलतामै सीमित भएको छ ।
सन्दीपमाथि मात्र होइन रोनाल्डो र नेइमारमाथि पनि लागेको थियो बलात्कारको आरोप
ताजा अपडेट
-
बङ्गलादेशकी पूर्व प्रधानमन्त्री हसिनालाई ६ महिनाको जेल सजाय
-
राष्ट्रियसभालाई विधेयकमा दुईवर्षे कुलिङ पिरियडको व्यवस्था गर्न अनुरोध गर्ने समितिको निर्णय
-
आर्थिक विधेयक र राष्ट्र ऋण उठाउने विधेयक राष्ट्रियसभाबाट स्वीकृत
-
अर्थमन्त्री पौडेलको दाबी-‘बजेट लोकतन्त्र र गणतन्त्रको मर्म अनुसार आएको छ’
-
३४ अंकले बढ्यो नेप्से, कारोबार कति ?
प्रतिक्रिया