छिमेकमा पनि ‘बच्चा चोरी’ आतंक, साधु पिटिए

काठमाडौं । महाराष्ट्रको सांगलीमा उत्तर प्रदेशका चार साधुमाथि कुटपिट भएको छ । भाइरल भएको उक्त दुर्घटनाको भिडियोमा मानिसहरूले साधुलाई कुटपिट गरेको देख्न सकिन्छ।
घटनाबारे अहिलेसम्म औपचारिक रूपमा कुनै उजुरी परेको छैन । उजुरी नपरे पनि भाइरल भिडियोबारे छानबिन गरेर सत्यतथ्य पत्तालगाउने प्रहरीले जनाएको छ ।
बिबिसी हिन्दीका अनुसार, पंढरपुर दर्शनका लागि गइरहेका बेला सांगलीबाट बाहिरिने क्रममा बच्चा चोर भन्दै साधुहरूमाथि कुटपिट भएको थियो ।
पछिल्लो समय नेपालमा पनि यस्तै प्रकृतिका हल्ला चलाइएका छन् । अनर्गल प्रचारबाजी भएपछि प्रहरीले सचेत गराएको छ ।
महाराष्ट्र भाजपाका वरिष्ठ नेता र विधायक राम कदमले घटनाको कडा निन्दा गरेका छन्। उनले सन्तमाथि भएको दुर्व्यवहार नसहने भन्दै दोषीमाथि कडा कारबाही गर्न माग गरेका छन् ।
ताजा अपडेट
-
रसुवा बाढीबाट मृत्यु हुने ११ पुगे, ८६२ जनाको उद्धार
-
मुलुकको अर्थतन्त्रमा सुधार भएको छ : प्रधानमन्त्री ओली
-
अन्तर्राष्ट्रिय चलचित्र महोत्सवमा जमेका चलचित्र घरेलु बजारमा कमजोर !
-
‘दुई सय ६० मेगावाट विद्युत् राष्ट्रिय प्रसारण प्रणालीबाट विच्छेद’
-
ठमेलमा ‘पर्यटन सूचना केन्द्र’ स्थापना
प्रतिक्रिया