छिमेकमा पनि ‘बच्चा चोरी’ आतंक, साधु पिटिए
काठमाडौं । महाराष्ट्रको सांगलीमा उत्तर प्रदेशका चार साधुमाथि कुटपिट भएको छ । भाइरल भएको उक्त दुर्घटनाको भिडियोमा मानिसहरूले साधुलाई कुटपिट गरेको देख्न सकिन्छ।
घटनाबारे अहिलेसम्म औपचारिक रूपमा कुनै उजुरी परेको छैन । उजुरी नपरे पनि भाइरल भिडियोबारे छानबिन गरेर सत्यतथ्य पत्तालगाउने प्रहरीले जनाएको छ ।
बिबिसी हिन्दीका अनुसार, पंढरपुर दर्शनका लागि गइरहेका बेला सांगलीबाट बाहिरिने क्रममा बच्चा चोर भन्दै साधुहरूमाथि कुटपिट भएको थियो ।
पछिल्लो समय नेपालमा पनि यस्तै प्रकृतिका हल्ला चलाइएका छन् । अनर्गल प्रचारबाजी भएपछि प्रहरीले सचेत गराएको छ ।
महाराष्ट्र भाजपाका वरिष्ठ नेता र विधायक राम कदमले घटनाको कडा निन्दा गरेका छन्। उनले सन्तमाथि भएको दुर्व्यवहार नसहने भन्दै दोषीमाथि कडा कारबाही गर्न माग गरेका छन् ।
ताजा अपडेट
-
मुद्दा फर्छ्यौटमा ‘अब्बल’ न्यायाधीश आचार्य विशेष अदालतको अध्यक्ष नियुक्त
-
हदबन्दीभन्दा बढी जग्गाको देशव्यापी अनुगमन सुरु, ४० भन्दा बढी जिल्लामा फिल्डमै पुगिने
-
हस्तकला विकास बोर्ड गठनमा सरकार सकारात्मक छ: प्रधानमन्त्री
-
व्यवसायी शंकर अग्रवाल पक्राउ
-
यस्ता छन् मन्त्रिपरिषद बैठकका सात निर्णय


प्रतिक्रिया