विमानस्थलमा सामान चोरी बढेपछि कर्मचारीलाई खल्ती नभएका लुगा उपलब्ध गराउन निगमलाई अनुरोध
काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा यात्रुका ब्यागेजबाट सामान हराउनु अब सामान्यजस्तै भइसक्यो । यो अवस्था झन्–झन् बढ्दै गएपछि विमानस्थलको सुरक्षा समितिको बैठकले नेपाल वायुसेवा निगमलाई ग्राउण्ड ह्याण्डलिङका कर्मचारीलाई खल्ती नभएको लुगा उपलब्ध गराउन अनुरोध गरेको छ ।
विमानस्थलमा ग्राउण्ड ह्याण्डलिङको जिम्मा पाएको निगमका कर्मचारीले जहाज अवतरण भएपछि सामान लोड गर्नेदेखि पु¥याउनेसम्मको काम गर्छन् । बुधबार बसेको सुरक्षा समितिको बैठकको निर्णयले चोरी कार्यलाई निरूत्साहित गर्न ब्यागेज लोड अनलोड गर्ने कर्मचारीलाई खल्ती नभएको पोसाक उपलब्ध गराउन निगमलाई निर्देशन दिने निर्णय गरेको हो ।
योसँगै प्रत्येक वायुसेवा कम्पनीलाई अनिवार्य रूपमा ब्यागेज होल्ड तथा विमानको सुरक्षा कार्यमा आफ्नै कर्मचारीबाट निगरानी गर्ने व्यवस्था मिलाउनका लागि पनि निर्देशन दिइने छ ।
समितिले नियामक निकाय नेपाल नागरिक उड्डयन प्राधिकरणलाई पनि ग्राउण्ड ह्याण्डलिङ सेवाको लागि निगमको विकल्प खोज्न निर्देशन दिने भएको छ ।
यात्रुको सामान चोरीसँगै निगमको ग्राउण्ड ह्याण्डलिङ सेवा स्तरहीन भएको, महंगो भएको र सेवाबारे धेरै गुनासो आएकाले विमानस्थलले नै बदनामी भोग्नुपरेको समितिले जनाएको छ । जसकारण प्राधिकरणलाई वैकल्पिक कमर्सियल ग्राउण्ड ह्याण्डलिङ सेवा दिने कम्पनीको व्यवस्था गर्न सुझाउने भएको हो ।
ताजा अपडेट
-
अमेरिकी संसदद्वारा ट्रम्पलाई इरानमा सैन्य कारवाही विस्तार गर्नबाट रोक्ने प्रस्ताव पारित
-
हुलाकमार्फत घरघरमै राहदानी
-
यस्तो छ आजका लागि कृषि उपजको थोक मूल्य
-
ट्राफिक कारबाहीमा एकै दिन २२ लाख ७६ हजार राजस्व संकलन
-
परराष्ट्रमन्त्री खनाल शनिबारदेखि तीनदिने औपचारिक भ्रमणमा भारत जाँदै


प्रतिक्रिया