त्रिभुवन विमानस्थलमा चिनियाँ जहाजको ‘ओभरसुट’
काठमाडौं । चीनको सिन्जोबाट त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलतर्फ आउँदै गरेको सिचुवान एयरलाइन्सको जहाजले ‘ओभरसुट’ गरेको छ ।
विमानस्थलका एक अधिकारीका अनुसार ‘हाइ एप्रोच’का कारण उक्त जहाजले ओभरसुट गरेको हो । अर्थात् अवतरणका लागि रनवेको ‘टचडाउन जोन’ मा एंगल नमिल्दा जहाज पुनः फर्किनुपरेको हो ।
सामान्यतया जहाज अवतरण गर्दा जहाजको ल्याण्डिङ गियर धावनमार्गको ‘टचडाउन जोन’सँग सम्पर्कमा आउनुपर्छ । यो नभएको खण्डमा जहाज धावनमार्गबाट बाहिर जान सक्ने सम्भावना हुन्छ ।
जहाजलाई धावनमार्गबाट बाहिर जाने खतराबाट राेक्न पाइलटले ‘ओभरसुट’ गरेको हुनसक्ने ती अधिकारीले बताए ।
कार्गो बोकेर आएको उक्त जहाजमा यात्रु सवार छैनन् ।
यसैबीच, काठमाडौंमा केही फन्का मारेपछि विमानले त्रिभुवन विमानस्थलमा सकुशल अवतरण गरेको छ ।
ताजा अपडेट
-
कोप-३१ मा नेपालको प्राथमिकता: जलवायु न्याय, अनुकूलन र हानि-नोक्सानी
-
वर्षमा एक दिन खुल्ने तलेजु भवानी मन्दिर भोलि सर्वसाधारणका लागि खुला
-
ओमानलाई हराउँदै नेपालले जोगायो ओडीआई मान्यता
-
चाडपर्व लक्षित सीमा सुरक्षामा सशस्त्र प्रहरीको सक्रियता, सुनसरीमा गस्ती तथा निगरानी तीव्र
-
एनपीएलमा एक्स्ट्रीमको रौनक, सात टिमको स्पेशल क्यान सबैको हातमा


प्रतिक्रिया