आइएनजी ग्रुपद्वारा ‘आइएनजी फुटसल टोर्नामेन्ट २०७९’ सम्पन्न

काठमाडौं । आइएनजी ग्रुपको आयोजनामा ‘पहिलो आइएनजी फुटसल टोर्नामेन्ट २०७९’ सम्पन्न भएको छ । आइएनजी फुटसल प्रतियोगिता २०७९ को ग्रान्ड फिनाले महाराजगंजस्थित डुकु फुटसल हबमा सम्पन्न गरिएको हो। उक्त टोर्नामेन्टमा आइएनजी ग्रुपअन्तर्गत रहेको विभिन्न ७ कम्पनीबाट ४१ वटा टोलीको सहभागिता थियो ।
प्रतियोगितामा सहभागी कुल ४१ टोलीमध्ये ३१ पुरुष टोली र बाँकी १० महिला टोली रहेको कम्पनीले जनाएको छ । प्रतियोगिताको फाइनलमा पुरुष टोलीमा हेराल्ड कलेजको ‘टिम हेराल्ड’ र आइएनजी स्किलको ‘टिम स्किल’बीच प्रतिस्पर्धा भएको थियो। मंगलबार भएको फाइनलमा हेराल्ड कलेजले आइएनजी स्किल लाई पराजित गर्दै उपाधि हात पारेको छ ।
त्यस्तै, महिला टोलीतर्फ इस्लिङ्टन कलेजबाट ‘देवीको टिम’ र आइएनजी स्किलबाट ‘स्किल महिला टिम’ फाइनलमा खेलेका थिए। खेलमा इस्लिङ्टन कलेजले आइएनजी स्किललाई पराजित गर्दै उपाधि हात पारेको हो।
आइएनजी ग्रुपले विजेता टोली हेराल्ड कलेज र इस्लिङ्टन कलेजलाई सम्मान पत्र, पदक र ट्रफीसँगै एक९एक लाख नगद पुरस्कार हस्तान्तरण गरेको छ। आइएनजी फुटसल टोर्नामेन्टको व्यवस्थापन आइएनजी मानव संसाधन विभागले लिएको थियो थियो । यसै सन्दर्भमा विभागकी प्रमुख सुविता कपालीले सो प्रतियोगिताले कर्मचारीलाई ‘स्फूर्ती प्रदान गरेको बताएकी छन् । उनले भनिन् ‘ यो फुटसल प्रतियोगिताले हाम्रा कर्मचारीहरूलाई आवश्यक स्फूर्ती प्रदान गरेको छ भन्नेमा हामी विश्वस्त छौं। ’
उनले ग्रुपका कर्मचारीहरूबीच सद्भाव र सम्बन्ध बढाउन पनि प्रतियोगिताको आयोजना गरिएको उल्लेख गरेकी छन् । उनले भनिन् ‘आइएनजी ग्रुपमा कार्यरत कर्मचारीहरूको स्फूर्ति र उनीहरूलाई उत्प्रेरित गर्न पहिलो पटक आइएनजी फुटसल टोर्नामेन्ट आयोजना गरेका हौं। ’ प्रतियोगिता सम्पन्न घोषणासँगै उनले ‘प्रतियोगितामा भान्सामा कार्यरत कर्मचारीदेखि सफ्टवेयर इन्जिनियर टिम, शैक्षिक टोलीहरूको पनि सहभागिता रहेको बताइन् । यसले आइएनजी ग्रुपमा रहेको एकता र समानताको अवस्था पनि देखाउने उनले जानकारी दिइन्।
यसबाहेक उनले प्रतियोगितामा विजयी तथा सहभागी सबै टोलीलाई बधाई दिँदै आगामी दिनमा हुने प्रतियोगिता र कार्यक्रमहरूमा उत्साहजनक उपस्थिति रहने विश्वास व्यक्त गरिन्।
ताजा अपडेट
-
सङ्घीय संसद्का दुवै सदनको बैठक बस्दै, नीति तथा कार्यक्रम पारित गरिने
-
आजको मौसम पूर्वानुमान : पहाडी भू भागमा आंशिक बदली हुन
-
सुरु भयो यस वर्षको सर्वोच्च शिखर आरोहण, ४२१ चुचुरोतिर
-
तीन प्रदेशमा मेघ गर्जन र चट्याङसहित वर्षाको सम्भावना
-
‘भारतबाट जिटुजीमार्फत मल आउँदै छ, यस वर्ष अभाव हुन्न’
प्रतिक्रिया