सानिमा बैंक र दराजबीच छुट दिने सम्बन्धमा सहकार्य

काठमाडौं । नेपालीहरुको महान चाड वडा दशैंंको अवसरमा सानिमा बैंकले ग्राहका लागि दराजसंग ‘दशैं धमाका’ योजनामा विशेष छुट दिने सहकार्य भएको छ । उक्त योजना अवधिभर ग्राहकले सानिमा बैंकको डेबिट तथा क्रेडिट कार्डबाट भुक्तानी गर्दा दराजबाट सामान खरिद गर्दा विशेष छुट प्राप्त गर्न सक्नेछन् ।
बैंकका अनुसार ग्राहकले डेबिट कार्डबाट भुक्तानी गर्दा १५५ वा अधिकतम् २ हजारसम्मको छुट तथा क्रेडिट कार्डबाट भुक्तानी गर्दा २०५ वा अधिकतम् २५ सय रूपैयाँसम्मको छुट प्राप्त गर्न सक्नेछन् । योजना अवधिभर सहभागी हुने ग्राहकलाई ‘पहिलोलाई प्राथमिकता’ को आधारमा छुट प्रदान गरिने छ । छुटका लागि ग्राहकले दराजबाट बैंक भौचर सङ्कलन गर्नुपर्ने जनाइएको छ । यसैगरी क्रेडिट कार्ड प्रयोगकर्ताहरुले शून्य ब्याजदरमा मासिक किस्ताबन्दी सुविधा पनि प्राप्त गर्न सक्नेछन् ।
यो योजना २०७९ भाद्र २९ देखि आश्विन ११ सम्म १४ दिनका लागि लागू हुने बैंकले जनाएको छ । साथै, सानिमा बैंकले क्रेडिट कार्ड प्रयोगकर्ताहरुलाई मासिक किस्ताबन्दी सुविधा लिंदा ५०० को क्यासब्याक पनि प्रदान गर्नेछ । क्यासब्याक योजना २०७९ आश्विन १ देखि कार्तिक ३० सम्म लागू हुनेछ ।
सानिमा बैंकको क्रेडिट कार्ड बैंकको वेबसाइटबाट आवेदन दिन सकिन्छ ।
सानिमा बैंकको देशका सातै प्रदेशमा १२७ वटा कार्यालय तथा १२० वटा एटिएम सञ्चालनमा रहेका छन् । साथै, सानिमा बैंकको डेबिट तथा क्रेडिट कार्ड तथा मोबाइल बैंकिङ्ग एप प्रयोग गर्दा विभिन्न अस्पताल, सपिङ आउटलेट, होटेल, रेष्टुरेन्ट आदिमा विशेष छुटको व्यवस्था रहेको छ ।
ताजा अपडेट
-
महिला एसियन कप छनोट चरणबाटै बाहिरियो नेपाल,उज्बेकिस्तान एसियन कपमा छनोट
-
उपाधि जितेको क्रिकेट टोलीलाई प्रधानमन्त्री ओलीले दिए बधाई
-
पर्यटकीय केन्द्र बन्दै तनहुँको ‘तीनखोले मन्दिर’
-
नागरिक उन्मुक्ति पार्टीद्वारा सरकारलाई दिएको समर्थन फिर्ता
-
राजमार्ग अपडेटः विभिन्न जिल्लाका सातवटा सडक पूर्ण रूपमा अवरुद्ध
प्रतिक्रिया