चोलेन्द्रले ‘अमर्यादित’ बयान दिएको भन्दै पूर्वन्यायाधीश फोरमको आपत्ति
काठमाडौं । निलम्बित प्रधानन्यायाधीश चोलेन्द्रशमशेर राणाको बयानप्रति पूर्वन्यायाधीश फोरमले आपत्ति जनाएको छ ।
काठमाडौंमा बुधबार पत्रकार सम्मेलन गर्दै फोरमले आफ्ना सदस्यहरूप्रति लगाएको आरोप पुष्टि गर्न राणालाई चुनौती दिएका छन् ।
फोरमका अध्यक्ष टोपबहादुर सिंहले निलम्बित प्रधानन्यायाधीश राणासँग फोरमका कुनै पनि सदस्यले भागबण्डा वा सहुलियत नखोजेको पत्रकार सम्मेलनमा दाबी गरे ।
राणाले बयानका क्रममा आफूहरूप्रति अमर्यादित शब्द प्रयोग भएको भन्दै संस्थाको गम्भीर ध्यानाकर्षण भएका सिंहले बताए ।
राणाले बयानका क्रममा पूर्वन्यायाधीशहरूलाई विभिन्न आरोप लगाएका थिए । त्यसपछि महाअभियोग सिफारिस समितिले उनीहरूलाई समेत बयानका लागि बोलाउने निर्णय गरेको छ ।
बयानका क्रममा निलम्बित प्रधानन्यायाधीश राणाले राजनीतिक दलका विभिन्न नेताहरूको समेत पोल खोलेका थिए ।
ताजा अपडेट
-
कराते टोली जापान प्रस्थान, खेलाडीलाई विमानस्थलको ‘भिआइपी’ सुविधा
-
बाढीपछि पर्यटन क्षेत्रको पुनरुत्थानका लागि सरकार र निजी क्षेत्रबीच सहकार्य
-
संयुक्त राष्ट्रसङ्घले नेपाललाई चार करोड ९६ लाख अमेरिकी डलर सहयोग गर्ने
-
रसुवा बाढी : १२ सय ९५ शव फेला, झन्डै पाँच हजार अझै बेपत्ता
-
जनकपुरका राजगुठीअन्तर्गतका पोखरी अतिक्रमण हटाउने दोस्रो चरणको प्रक्रिया शुरु, ७ दिने सार्वजनिक सूचना जारी


प्रतिक्रिया