NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख २४ गते

चिनियाँ राष्ट्रपति कजाकिस्तान र उजबेकिस्तान जाने

काठमाडाैं । चीनका राष्ट्रपति सि चिनफिङ बुधबार कजाकिस्तान उजबेकिस्तान भ्रमणमा जाने भएका छन् । उज्बेकिस्तानमा हुने सांघाइ सहयोग संगठन (एससीओ) को शीर्ष नेताहरुको बैठकमा सहभागी हुन उनी त्यसतर्फ जान लागेका हुन् ।

बैठकमा सहभागी हुन आएका विभिन्न देशका नेतासँग उनले शिष्टाचार भेटवार्ता गर्ने कार्यक्रम पनि रहेको अधिकारीहरुले जनाएका छन् । भेटवार्ताका क्रममा उनले सबै शीर्ष नेताहरुसँग आपसी सम्बन्ध, दुई पक्षीय हित र साझा चासोका विषयमा छलफल गर्ने तय भएको छ ।

उनको दुई देशको भ्रमण आगामी शुक्रबारसम्म हुने अधिकारीहरुले जानकारी दिएका छन् । यस बर्ष चीन र काजख्स्तानको  कुटनीतिक सम्बन्ध स्थापना भएको ३० औँ वर्ष भएकाले पनि उनले भ्रमणलाई महत्व दिएको बताइएको छ ।

चिनियाँ राष्ट्रपति सीले कोरोनाभाइरसको महामारी सुरु भएयता आफ्नो पहिलो विदेश भ्रमण गर्न लागेका हुन् । तीन दिन लामो भ्रमणको पहिलो दिन उनी बुधबार काजख्स्तान जाने भएका छन् । उनले उज्बेकिस्तानमा हुने सम्मेलनमा भने बिहीबार सहभागीता जनाउने भएका छन् ।

सम्मेलनमा उज्बेकिस्तान, काजख्स्तान, किर्गिस्तान, ताजिकिस्तानजस्ता मध्य एसियाली देशहरू तथा इरान, भारत र पाकिस्तानका शिर्ष नेताहरुको सहभागीता रहने जनाइएको छ ।