ढाकामा भारी वर्षा, होचा बस्ती डुबे
काठमाडौं (एजेन्सी) । बङ्गलादेशको राजधानी ढाकाका केही भागमा बुधबार भएको मध्यमदेखि भारी वर्षाका कारण गहिरो क्षेत्रका बस्तीहरू जलमग्न बनेका छन् ।
वर्षाका कारण सडक यातायात अवरुद्ध भएको छ ।
दुई करोडभन्दा बढी जनसङ्ख्या रहेको यस सहरका केही भागका सडक, गल्ली र सहायक गल्लीहरूमा करिब दुई फिट गहिरो पानी जमेको छ । यसले गर्दा यात्रुहरूलाई निकै सास्ती भएको छ ।
ढाकामा पछिल्लो २४ घण्टा अर्थात् स्थानीय समयअनुसार बुधबार बिहान ६ बजेसम्म ५३ मिलिमिटर वर्षा भएको देशको मौसम विज्ञान विभागले जनाएको छ ।
बङ्गलादेशमा मनसुन सक्रिय रहेकाले देशभर मध्यमदेखि भारी वर्षासमेत भएको छ ।
बङ्गलादेशको मौसम विज्ञान विभाग (बीएमडी) ले आगामी २४ घण्टामा शहर र उपनगरीय क्षेत्रमा मध्यमदेखि भारी वर्षाको सम्भावना रहेको र केही स्थानमा अति भारी वर्षाको सम्भावना रहेको जनाएको छ ।
ताजा अपडेट
-
कोप-३१ मा नेपालको प्राथमिकता: जलवायु न्याय, अनुकूलन र हानि-नोक्सानी
-
वर्षमा एक दिन खुल्ने तलेजु भवानी मन्दिर भोलि सर्वसाधारणका लागि खुला
-
ओमानलाई हराउँदै नेपालले जोगायो ओडीआई मान्यता
-
चाडपर्व लक्षित सीमा सुरक्षामा सशस्त्र प्रहरीको सक्रियता, सुनसरीमा गस्ती तथा निगरानी तीव्र
-
एनपीएलमा एक्स्ट्रीमको रौनक, सात टिमको स्पेशल क्यान सबैको हातमा


प्रतिक्रिया