युक्रेनका राष्ट्रपति जेलेन्स्की सवार कार दुर्घटना
एजेन्सी । युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्की सवार कार दुर्घटनामा परेको छ। राष्ट्रपति जेलेन्स्कीको कारसँग अर्को निजी कार ठोक्किएको जनाइएको छ ।
उक्त दुर्घटनामा राष्ट्रपति जेलेन्स्कीलाई कुनै गम्भीर चोट नलागेको राष्ट्रपति कार्यालयका प्रवक्ता सर्गेइ निकोफोरभले बताएका छन् ।
राष्ट्रपति सवार गाडीलाई ठक्कर दिएका कार चालक भने घाइते भएको र उनको अस्पतालमा उपचार भइरहेको बताइएको छ । दुर्घटनाबारे प्रहरीले थप अनुसन्धान गरिरहेको जनाएको छ ।
ताजा अपडेट
-
कोप-३१ मा नेपालको प्राथमिकता: जलवायु न्याय, अनुकूलन र हानि-नोक्सानी
-
वर्षमा एक दिन खुल्ने तलेजु भवानी मन्दिर भोलि सर्वसाधारणका लागि खुला
-
ओमानलाई हराउँदै नेपालले जोगायो ओडीआई मान्यता
-
चाडपर्व लक्षित सीमा सुरक्षामा सशस्त्र प्रहरीको सक्रियता, सुनसरीमा गस्ती तथा निगरानी तीव्र
-
एनपीएलमा एक्स्ट्रीमको रौनक, सात टिमको स्पेशल क्यान सबैको हातमा


प्रतिक्रिया