युक्रेनका राष्ट्रपति जेलेन्स्की सवार कार दुर्घटना
एजेन्सी । युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्की सवार कार दुर्घटनामा परेको छ। राष्ट्रपति जेलेन्स्कीको कारसँग अर्को निजी कार ठोक्किएको जनाइएको छ ।
उक्त दुर्घटनामा राष्ट्रपति जेलेन्स्कीलाई कुनै गम्भीर चोट नलागेको राष्ट्रपति कार्यालयका प्रवक्ता सर्गेइ निकोफोरभले बताएका छन् ।
राष्ट्रपति सवार गाडीलाई ठक्कर दिएका कार चालक भने घाइते भएको र उनको अस्पतालमा उपचार भइरहेको बताइएको छ । दुर्घटनाबारे प्रहरीले थप अनुसन्धान गरिरहेको जनाएको छ ।
ताजा अपडेट
-
कराते टोली जापान प्रस्थान, खेलाडीलाई विमानस्थलको ‘भिआइपी’ सुविधा
-
बाढीपछि पर्यटन क्षेत्रको पुनरुत्थानका लागि सरकार र निजी क्षेत्रबीच सहकार्य
-
संयुक्त राष्ट्रसङ्घले नेपाललाई चार करोड ९६ लाख अमेरिकी डलर सहयोग गर्ने
-
रसुवा बाढी : १२ सय ९५ शव फेला, झन्डै पाँच हजार अझै बेपत्ता
-
जनकपुरका राजगुठीअन्तर्गतका पोखरी अतिक्रमण हटाउने दोस्रो चरणको प्रक्रिया शुरु, ७ दिने सार्वजनिक सूचना जारी


प्रतिक्रिया