पपुवा न्युगिनी भूकम्प : १० जनाको मृत्यु
काठमाडाैं । पपुवा न्युगिनीमा गत आइतबार बिहान ७ः४६ बजे गएको ७.६ म्याग्निच्युडको भूकम्पमा परी मृत्यु हुनेको संख्या १० पुगेको छ । यस भूकम्पमा परी अन्य कैंयौैं घाइते भएका छन् ।
उद्धारकर्ताहरू दुर्गम पहिरो प्रभावित समुदायहरूमा पुग्न थालेपछि मृतकको संख्या अझै बढ्ने अनुमान गरिएको छ । यस भूकम्पको केन्द्रबिन्दु ६.३० डिग्री दक्षिण अक्षांश र १४६.५५ डिग्री पूर्वीदेशान्तरमा ७० किलोमिटरको गहिराईमा रहेको जनाइएको छ । भूकम्प प्रभावित क्षेत्रमा घर र पूर्वाधारमा व्यापक क्षति पुगेको छ । अहिले पनि धनजन क्षति विस्तृत विवरण भने प्राप्त भएको छैन् ।
प्रधानमन्त्री जेम्स मारापेले पपुवा न्युगिनीलाई आएको शक्तिशाली भूकम्पपछि सतर्क रहन चेतावनी दिएका छन् । तर यसको प्रभाव सन् २०१८ को भूकम्पभन्दा कम हुने अपेक्षा गरिएको छ । सन् २०१८ को भूकम्पमा परी १५० जनाको ज्यान गएको छ ।
ताजा अपडेट
-
मुद्दा फर्छ्यौटमा ‘अब्बल’ न्यायाधीश आचार्य विशेष अदालतको अध्यक्ष नियुक्त
-
हदबन्दीभन्दा बढी जग्गाको देशव्यापी अनुगमन सुरु, ४० भन्दा बढी जिल्लामा फिल्डमै पुगिने
-
हस्तकला विकास बोर्ड गठनमा सरकार सकारात्मक छ: प्रधानमन्त्री
-
व्यवसायी शंकर अग्रवाल पक्राउ
-
यस्ता छन् मन्त्रिपरिषद बैठकका सात निर्णय


प्रतिक्रिया