१३ वर्षीय सजन पाँच दिनदेखि बेपत्ता
काठमाडौं । १३ वर्षीय सजन महर्जन पाँच दिनदेखि बेपत्ता छन् । पाँच दिन बितिसक्दा पनि फेला पर्न नसकेको उनका आफन्तले बताएका छन् ।
काठमाडौं महानगरपालिका वडा नं. २, कैलाशचौरमार्ग, लाजिम्पाटबाट २०७९ भदौ २६ गते आइतवार बिहान करिब ७ बजेको समयमा उनी कसैलाई केही थाहा नदिइ कोठाबाट निस्किएका थिए । त्यसपछि सजनको कुनै अत्तोपत्तो छैन ।
उनकी आमा कोपीला महर्जनले आफ्नो एकमात्र छोरा हराएको हुँदा खोजतलास गरी पाउँ भनी प्रहरी बृत्त दरवारमार्ग र सोह्रखुट्टेमा भदौ २७ गते निवेदन दिएको बताइन् ।
पानीपोखरीस्थित भानुभक्त मेमोरियल स्कुलमा कक्षा ७ मा अध्ययनरत सजन आइतवारदेखि विद्यालयमा अनुपस्थित रहेका छन् । सजनलाई कोही कसैले देखेमा वा भेट्टाएएमा नजिकको प्रहरी, आमसञ्चार वा परिवारलाई खबर गरिदिन आमा कोपीला (९८२३६०८९२४) ले अपील गरेकी छिन् ।
ताजा अपडेट
-
कोप-३१ मा नेपालको प्राथमिकता: जलवायु न्याय, अनुकूलन र हानि-नोक्सानी
-
वर्षमा एक दिन खुल्ने तलेजु भवानी मन्दिर भोलि सर्वसाधारणका लागि खुला
-
ओमानलाई हराउँदै नेपालले जोगायो ओडीआई मान्यता
-
चाडपर्व लक्षित सीमा सुरक्षामा सशस्त्र प्रहरीको सक्रियता, सुनसरीमा गस्ती तथा निगरानी तीव्र
-
एनपीएलमा एक्स्ट्रीमको रौनक, सात टिमको स्पेशल क्यान सबैको हातमा


प्रतिक्रिया