जमैकाबाट बेपत्ता भएका सन्दीप कहाँ के गर्दैछन् भन्नेबारे नयाँ खुलासा !
काठमाडौं । नेपाली क्रिकेटका ग्लोबल स्टार सन्दीप लामिछानेविरुद्ध एक १७ वर्ष ७ महिनाकी किशोरीले बलात्कारको आरोप लगाएपछि नेपाल प्रहरीले पक्राउ पुर्जी जारी गरेको पनि पाँच दिन बितिसकेको छ । गत भदौ २३ मा आफूविरुद्ध पक्राउ पुर्जी जारी भएलगत्तै नेपाली राष्ट्रिय क्रिकेट टोलीका तत्कालीन कप्तान सन्दीपले आरोपको सामना गर्न आफू चाँडै नेपाल आउने बताएका थिए ।
जमैकामा रहेका सन्दीप त्यहाँबाट हिँडिसकेको नेपाल क्रिकेट संघ (क्यान)का अध्यक्ष चतुरबहादुर चन्दले मंगलबार नै जानकारी दिइसकेका छन् । तर, यत्रो दिन बितिसक्दा पनि उनी आइपुगेका छैनन् ।
कतिपयले सन्दीप भारतको बाटोहुँदै सुटुक्क नेपाल आएर प्रहरीसामु आत्मसमर्पण गरेको दाबी गरे । यसको दाबी क्याननिकट स्रोतले नै नेपालवाचसँग गरेको थियो । तर, यो अहिलेसम्म पुष्टि हुन सकेको छैन ।
बुधबारमात्र सन्दीप जमैकाबाट युएई गएको दाबी आएको थियो । तर, त्यो पनि पुष्टि हुन सकेन ।
यसैबीच, बिहीबार सन्दीपबारे नयाँ खुलासा आएको छ । यो खुलासा नाम नभन्ने सर्तमा उनीनिकट स्रोतले नै गरेको हो ।
स्रोतका अनुसार सन्दीप यतिबेला सिंगापुरमा छन् । त्यहाँ बसेर उनी आफूविरुद्धको आरोपको सामना गर्न परामर्शमा छन् । उनले अन्तर्राष्ट्रिय अधिवक्ताहरूसँग छलफल गरिरहेको बुझिएको छ ।
स्रोतले दाबी गरेअनुसार नेपालबाट पनि एकजना अधिवक्ता सिंगापुर पुगेका छन् । अहिले सन्दीपले उनीसँग प्रत्यक्ष र अन्य नेपालका वकिलहरूसँग विभिन्न माध्यमले परामर्श गरिरहेका छन् ।
आरोप सामना गर्न तयार भएर सन्दीप आगामी असोज ५ गते नेपाल आउने बताइएको छ ।
यता, प्रहरी र क्यानले भने सन्दीप आफूहरूको सम्पर्कमै नभएको दाबी गरिरहेको छ ।
ताजा अपडेट
-
एसियाली छनोटः समूह विजेता बन्ने लक्ष्यसहित आज मलेसियाविरुद्ध भिड्दै नेपाल
-
केही हिमाली तथा पहाडी भूभागमा वर्षाको सम्भावना, तराईमा गर्मी बढ्ने
-
पर्यटकीयस्थल नगरकोट : सीमाङ्कनको प्रक्रिया बीचमै छाडियो
-
अमेरिकी आक्रमणपछि इरान-अमेरिका तनाव थप चर्कियो
-
प्रतिनिधिसभाको शिक्षा समितिद्वारा पाँच विषयगत उपसमिति गठन


प्रतिक्रिया