चोलेन्द्रलाई पूरक प्रश्न गर्न एमालेले रोक्यो, बयानमा हस्ताक्षर गराइँदै
काठमाडौं । निलम्बित प्रधानन्यायाधीश चोलेन्द्रशमशेर राणालाई महाभियोग छानबिन संसदीय समितिले पूरक प्रश्न नगर्ने भएको छ ।
प्रमुख प्रतिपक्षी दल नेकपा एमालेको मागअनुसार, चोलेन्द्रलाई पूरक प्रश्न नसोधिने भएको हो ।
जबरालाई पूरक प्रश्न सोध्ने प्रयोजनार्थ शुक्रबार बिहान ९ बजे समिति बैठक सुरु भएको थियो । तदनुरूप एमाले सांसद ज्येष्ठ सदस्य रामबहादुर थापाले आफ्नो प्रश्न सोध्ने तयारी गरे । तर एमाले सांसद्ले उनलाई पूरक प्रश्न गर्न दिएनन् । चोलेन्द्रले दिएको बयानमा समितिले गरेको अभिलेखमा हस्ताक्षर गराउनुपर्ने, त्यसपछि आवश्यक प्रमाण संकलन गर्नुपर्ने, थप कागजात मगाउनुपर्ने र प्रश्नका सूची तयार पारेर मात्र पूरक प्रश्न सोध्नुपर्ने एमाले माग छ ।
एमालेको मागपछि अहिले पूरक प्रश्न गर्ने कार्यतालिका बदलेर चोलेन्द्रले यसअघि दिएका बयानमा हस्ताक्षर गराउने तयारी गरिएको छ । जारी बैठकमा अहिले चोलेन्द्रले लिखित बयानबारे प्रष्टीकरण दिइरहेका छन् ।
ताजा अपडेट
-
कोप-३१ मा नेपालको प्राथमिकता: जलवायु न्याय, अनुकूलन र हानि-नोक्सानी
-
वर्षमा एक दिन खुल्ने तलेजु भवानी मन्दिर भोलि सर्वसाधारणका लागि खुला
-
ओमानलाई हराउँदै नेपालले जोगायो ओडीआई मान्यता
-
चाडपर्व लक्षित सीमा सुरक्षामा सशस्त्र प्रहरीको सक्रियता, सुनसरीमा गस्ती तथा निगरानी तीव्र
-
एनपीएलमा एक्स्ट्रीमको रौनक, सात टिमको स्पेशल क्यान सबैको हातमा


प्रतिक्रिया