पोर्चुगलको टोलीमा फेलिक्सको पुनरागमन, नाम चलेका यी खेलाडीलाई भने छैन स्थान
काठमाडौं । मुख्य प्रशिक्षक फर्नान्डो सान्तोषले युइएफ नेसन्स लिगअन्तर्गत चेक रिपब्लिक र स्पेनसँगका दुई खेलका लागि पोर्चुगिज राष्ट्रिय फुबटल टोली घोषणा गरेका छन् ।
सुपरस्टार क्रिस्टियानो रोनाल्डोको कप्तानीमा घोषणा भएको २६ सदस्यीय टोलीमा नाम चलेका केही खेलाडी भने अटाएका छैनन् । टोलीमा आन्द्रे सिल्भा, गोन्कालो गुइडेस, रेनाटो सान्चेजलगायत केही प्रमुख खेलाडी समावेश छैनन् ।
अघिल्लोपटक टोलीमा नरहेका जाओ फेलिक्सले यसपटक पुनरागमन गरेका छन् । रोनाल्डोसहित पेपे, बर्नार्डो सिल्भा, ब्रुनो फर्नान्जेज, रुबिन डियास, डिएगो जोटाजस्ता प्रमुख खेलाडी भने टोलीमा अटाएका छन् ।
नेसन्स लिगमा चेकसँगको पहिलो खेल पोर्चुगलले २४ सेप्टेम्बरमा खेल्नेछ । यस्तै, दोस्रो खेल चिरपरिचित प्रतिद्धन्द्धी स्पेनसँग २७ तारिखमा खेल्नेछ । यी दुवै खेललाई आगामी नोभेम्बरमा कतारमा सुरु हुने विश्वकपको अभ्यास खेलका रुपमा लिइएको छ ।
चेक र स्पेनसँगका दुई खेलपछि पोर्चुगलले कतार विश्वकपअघिको अन्तिम खेलस्वरुप नोभेम्बर १७ मा नाइजेरियासँग खेल्ने तालिका छ । यो मैत्रीपूर्ण खेल हुनेछ ।
यस्तो छ पोर्चुगलको टोली :
Diogo Costa, Jose Sa, Rui Patricio; Danilo Pereira, Diogo Dalot, Joao Cancelo, Tiago Djalo, Pepe, Ruben Dias, Nuno Mendes, Raphael Guerreiro; Joao Palhinha, Ruben Neves, Bernardo Silva, Bruno Fernandes, Joao Mario, Matheus Nunes, Vitinha, William Carvalho; Cristiano Ronaldo, Diogo Jota, Pedro Neto, Joao Felix, Rafa Silva, Ricardo Horta, Rafael Leao.
अर्जेन्टिनी टोलीमा नयाँ अनुहारलाई अवसर, यी चारजना भने अटेनन् (खेलाडीको सूचीसहित)
ताजा अपडेट
-
नयाँ बसपार्कसहित उपत्यकाका विभिन्न नाकामा यात्रुको चाप बढ्यो
-
सरकारकै तर्फबाट विन्ध्यवासिनीमा विधिपूर्वक भित्राइयो फूलपाती
-
कांग्रेस महाधिवेशनमा गगन थापालाई सर्वाधिक मत, टप टेनमा को–को परे ?
-
दसैँमा अस्पतालका आकस्मिक र शल्यक्रिया सेवा नियमित राख्न निर्देशन
-
दसैँ मनाउनुहोस्, तर मुटु जोगाउनुहोस्ः वरिष्ठ मुटुरोग विशेषज्ञ डा लम्साल


प्रतिक्रिया