NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ जेठ ५ गते

आइएमईको दोस्रो हप्ताको विजेता सार्वजनिक

काठमाडौं । चाडपर्वको अवसरमा आइएमईले संचालनमा ल्याएको ‘आइएमई साथैमा, मोबाइल हातैमा, १० लाख खातैमा’ नामक सेवाग्राहीमुखी दशैं अफर अन्तर्गत दोस्रो हप्ताका विजेता सार्वजनिक गरेको छ । बिहीबार काठमाडौं पानीपोखरीस्थित केन्द्रीय कार्यालयमा फेसबुक लाइभ मार्फत कम्पनीले विजेता सार्वजनिक गरेको हो ।

कम्पनीले सार्वजनिक गरेको नतिजा अनुसार अस्तबहादुर महर्जन र कृष्णबहादुर बस्नेत साप्ताहिक विजेता छनोट भएका छन् । उनीहरुले उपहार स्वरुप २५ हजार प्राप्त गर्नेछन् ।

त्यसैगरी, सेवाग्राहीहरू ममता गुरुङ, कमला बुढाथोकी, सरिता लामा, रामसुन्दर कुशुवाहा महतो, लक्ष्मी जीसी, आयुष तमाङ्ग र बिदुर तमाङ्ग मोक्तान दैनिक विजेता छनोट भएका छन् । उनीहरू प्रत्येकले एक/एक सामसुङ मोबाइल सेट उपहार स्वरूप प्राप्त गर्नेछन् ।

 

ताजा अपडेट

नेपालवाच विशेष