इटालीमा आएको आँधीमा परी सातको मृत्यु
काठमाडाैं । मध्य इटालीमा आएको भीषण आँधीको कारण सडक र घरहरुमा पसेको बाढीमा परी कम्तीमा सात जनाको मृत्यु भएको नागरिक सुरक्षा निकायका प्रवक्ताले शुक्रबार एएफपीलाई बताएका छन् ।
स्थानीय अधिकारीहरुका अनुसार हालसम्म मृतकको संख्या सात छ । सातौं शव भर्खरै फेला परेको छ, प्रवक्ताले स्थानीय सञ्चार माध्यमलाई पुष्टि गरेको छ । यस आँधीमा परी कति व्यक्ति घाइते वा वेपत्ता भएकालगयातका विस्तृत समाचार भने हालसम्म प्राप्त भएको छैन् ।
ताजा अपडेट
-
एनपीएलमा एक्स्ट्रीमको रौनक, सात टिमको स्पेशल क्यान सबैको हातमा
-
नवरात्रको नवौँ दिन: शक्तिपीठमा भक्तजनको घुइँचो
-
मासु खाँदा हड्डी अड्किए के गर्ने, के नगर्ने ?
-
गेटामा एमबीबीएस सञ्चालनको अनुमति खारेज गर्न डा. केसीको माग, एक साताको अल्टिमेटम
-
सशस्त्र प्रहरीद्वारा दशैँको अवसरमा काठमाडौँ उपत्यकामा निःशुल्क बस सेवा सञ्चालन


प्रतिक्रिया