भारतबाट घटेर आयो पेट्रोलियम पदार्थको मूल्य, नेपालमा घट्ला ?

काठमाडौं । भारतीय आयल कर्पोरेसन (आइओसी) ले पेट्रोलियम पदार्थको मूल्य घटाएर नेपाल आयल निगमलाई पठाएको छ । आइओसीले पठाइएको नयाँ मूल्यअनुसार पेट्रोल प्रतिलिटर ६.५५ रूपैयाँ र डिजेलको प्रतिलिटर ४४ पैसा घटेर आएको छ ।
आइओसीले इन्धनको मूल्य घटाएर पठाएपनि आयल निगमले भने तत्काल मूल्य घटाउने स्थिति देखिँदैन । यसभन्दा अघि निगमले भदाै १६ गते मूल्य समायोजन गरेको थियो । हाल पेट्रोल प्रतिलिटर १८१ रुपैयाँ र डिजेल १७८ प्रतिलिटर बिक्री भइरहेको छ ।
आयल निगमले इन्धनमा उच्च घाटा व्योहोर्दै आएको बताउँदै आएको छ । निगमले आइओसीलाको बक्यैता रकम भुक्तानी गर्दै इन्धनको आपूर्ति सहज गर्नुपर्ने विषय थप चुनैती बन्दै गएको जनाएको छ ।
ताजा अपडेट
-
मनसुनका एक महिना : ६७४ घटना, ३१ जनाको मृत्यु, ११२ घाइते
-
सिक्टा सिँचाइ : पश्चिमी मूल नहरको छैटौँ शाखा नहर निर्माण सम्पन्न
-
आर्थिक कुटनीति र लगानी प्रर्वद्धनका लागि चेम्बर र आईआरजीडीडीबीच सम्झौता
-
सामसङको ग्यालेक्सी बड्स सार्वजनिक, के छन् विशेषता ?
-
कैलालीमा ‘मेस वायर’ तारजाली निर्माण
प्रतिक्रिया