महिला साफकै इतिहासमा भारतविरुद्ध नेपालको पहिलो जित
काठमाडौ । घरेलु टोली नेपाल छैटौँ संस्करणको महिला साफ च्याम्पियनसिप फुटबलको फाइनलमा प्रवेश गरेको छ ।
काठमाडौंको दशरथ रंगशालामा भर्खरै सम्पन्न सेमिफाइनलमा चिरपरिचित प्रतिद्धन्द्धी भारतलाई १० गोल अन्तरले हराउँदै नेपाल फाइनलमा प्रवेश गरेको हो ।
भारतविरुद्ध ऐतिहासिक जित दिलाउन पहिलो हाफको इन्जुरी समयमा रश्मीकुमारी घिसिङले गोल गरेको गोल नै पर्याप्त भयो ।
महिला साफ च्याम्यिनसिपमा नेपालले भारतलाई हराएको यो नै पहिलोपटक हो । यसअघि हरेक उपाधि भिडन्तमा भारत नेपालमाथि हाबी हुँदै आएको थियो ।
अब नेपालले बंगलादेशसँग उपाधि भिडन्त गर्नेछ ।
नेपाली टोलीको कप्तानी एन्जिला तुम्बाप्पो सुब्बाले गरिरहेकी छिन् । नेपाली टोलीकी मुख्य खेलाडी सावित्रा भण्डारी ‘साम्बा’ डेङ्गुका कारण मैदान बाहिर थिइन् ।
आजै सम्पन्न पहिलो सेमिफाइनलमा भुटानलाई ८–० गोलअन्तरले हराउँदै बंगलदेश फाइनलमा प्रवेश गरिसकेको थियो ।
ताजा अपडेट
-
नयाँ बसपार्कसहित उपत्यकाका विभिन्न नाकामा यात्रुको चाप बढ्यो
-
सरकारकै तर्फबाट विन्ध्यवासिनीमा विधिपूर्वक भित्राइयो फूलपाती
-
कांग्रेस महाधिवेशनमा गगन थापालाई सर्वाधिक मत, टप टेनमा को–को परे ?
-
दसैँमा अस्पतालका आकस्मिक र शल्यक्रिया सेवा नियमित राख्न निर्देशन
-
दसैँ मनाउनुहोस्, तर मुटु जोगाउनुहोस्ः वरिष्ठ मुटुरोग विशेषज्ञ डा लम्साल


प्रतिक्रिया