महिला साफकै इतिहासमा भारतविरुद्ध नेपालको पहिलो जित

काठमाडौ । घरेलु टोली नेपाल छैटौँ संस्करणको महिला साफ च्याम्पियनसिप फुटबलको फाइनलमा प्रवेश गरेको छ ।
काठमाडौंको दशरथ रंगशालामा भर्खरै सम्पन्न सेमिफाइनलमा चिरपरिचित प्रतिद्धन्द्धी भारतलाई १० गोल अन्तरले हराउँदै नेपाल फाइनलमा प्रवेश गरेको हो ।
भारतविरुद्ध ऐतिहासिक जित दिलाउन पहिलो हाफको इन्जुरी समयमा रश्मीकुमारी घिसिङले गोल गरेको गोल नै पर्याप्त भयो ।
महिला साफ च्याम्यिनसिपमा नेपालले भारतलाई हराएको यो नै पहिलोपटक हो । यसअघि हरेक उपाधि भिडन्तमा भारत नेपालमाथि हाबी हुँदै आएको थियो ।
अब नेपालले बंगलादेशसँग उपाधि भिडन्त गर्नेछ ।
नेपाली टोलीको कप्तानी एन्जिला तुम्बाप्पो सुब्बाले गरिरहेकी छिन् । नेपाली टोलीकी मुख्य खेलाडी सावित्रा भण्डारी ‘साम्बा’ डेङ्गुका कारण मैदान बाहिर थिइन् ।
आजै सम्पन्न पहिलो सेमिफाइनलमा भुटानलाई ८–० गोलअन्तरले हराउँदै बंगलदेश फाइनलमा प्रवेश गरिसकेको थियो ।
प्रतिक्रिया