अछाम पहिरो अपडेट : मृत्यु हुनेको संख्या ८ पुग्यो, १० अझै बेपत्ता
काठमाडौं । पहिरोले घर पुरिँदा अछाममा ८ जनाको मृत्यु भएको छ । घर पुरिएर बेपत्तामध्ये ६ जना मृत भेटिएपछि मृत्यु हुनेको संख्या ८ पुगको हो । यसअघि तुर्माखाँद गाउँपालिका–५ मा पनि पहिरोमा परेर २ जनाको मृत्यु भएको थियो । अछाममा पहिरोमा पुरिएर अझै १० जना बेपत्ता छन् ।
जिल्ला प्रहरी कार्यालय, अछामले कमलबजार नगरपालिका र ढकारी गाउँपालिकामा पहिरोमा पुरिएर ८ जनाको मृत्यु भएको जनाएको छ ।
तुर्माखाँद गाउँपालिका–५, नाडामा गएको पहिरोले अझै १० जना बेपत्ता छन् । बेपत्ताको खोजी र पीडितको उद्धारका लागि प्रहरी अहिले घटनास्थल पुगेको छ ।

ताजा अपडेट
-
स्वास्थ्य र शिक्षामा लगाइएको तीन प्रतिशत कर लागू गर्ने निर्णयबाट पछि हट्यो सरकार
-
प्रस्तावित प्रमुख निर्वाचन आयुक्त र आयुक्तहरूको संसदीय सुनुवाइ साउन १२ र १३ गते हुने
-
जनकपुर तनावबारे हर्क साम्पाङको खण्डन : ‘म पुगेकै छैन, भ्रम फैलाइयो’
-
भारतको सिक्किममा भएको सुरुङ दुर्घटनामा नौ मजदुरको मृत्यु, १५ जना अझै बेपत्ता
-
श्रम संस्कृति पार्टीका कार्यकर्ता जानकी मन्दिर परिसरभित्र प्रवेश गर्न खोज्दा लखेटिए


प्रतिक्रिया