समानुपातिक उम्मेदवारको बन्दसूची आज बुझाउँदै जसपा, कहिले बुझाउँदैछ लोसपा ?
काठमाडौं । जनता समाजवादी पार्टी (जसपा) नेपालले समानुपातिक उम्मेदवारको बन्दसूची आज निर्वाचन आयोगलाई बुझाउने भएको छ । पार्टीका तर्फबाट समानुपातिक उम्मेदवारको बन्दसूची निर्धारित समयमै आयोगलाई बुझाइने जसपाका प्रवक्ता मनिष कर्णले जानकारी दिए ।
उनले पार्टीको कार्यकारिणी समिति र संसदीय बोर्डको बैठकले उम्मेदवारको बन्द सूचीलाई अन्तिम रुप दिएको र केही प्राविधिक काम सकेर आजै आयोगमा सूची बुझाइने बताए ।
प्रवक्ता सुमनले पार्टीकातर्फबाट प्रतिनिधिसभाकाका लागि एक सय १० जना र सातवटै प्रदेशको बन्द सूची आयोगमा पठाइने जानकारी दिए ।
उम्मेदवारको सूची तयार गर्न जसपाको भदौ ३१ र असोज १ गते कार्यकारिणी समितिको बैठक बसेको थियो भने भदौको २९ र ३१ गते संसदीय बोर्डको बैठक भएको थियो ।
यसैबीच लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) नेपालले पनि समानुपातिक उम्मेद्वारको बन्द सूची भोलि सोमबार आयोगलाई बुझाउने भएको छ । लोसपाका कार्यकारिणी सदस्य केशव झाका अनुसार पार्टीको शीर्ष नेताको बैठकले समानुपातिक उम्मेद्वारको सूची तयार गरिसकेको छ ।
पार्टीका शीर्षस्त नेताको विभिन्न चरणको बैठकले छलफल गरी बन्दसूचीको नाममा सहमति भइसकेको लोसपाले जनाएको छ । सरकारले आगामी मङ्सिर ४ गतेका लागि प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचन मिति घोषणा गरी आवश्यक तयारी गरिरहेको छ । सोही निर्णय बमोजिम आयोगले निर्वाचन प्रक्रिया सुरु गरेको हो ।
समानुपातिक उम्मेद्वारको बन्दसूची निर्वाचनमा सहभागी हुने राजनीतिक दलले पार्टीका तर्फबाट असोज २ र ३ गते आयोगलाई बुझाउनुपर्ने समयावधि तोकिएको छ ।
ताजा अपडेट
-
स्वास्थ्य र शिक्षामा लगाइएको तीन प्रतिशत कर लागू गर्ने निर्णयबाट पछि हट्यो सरकार
-
प्रस्तावित प्रमुख निर्वाचन आयुक्त र आयुक्तहरूको संसदीय सुनुवाइ साउन १२ र १३ गते हुने
-
जनकपुर तनावबारे हर्क साम्पाङको खण्डन : ‘म पुगेकै छैन, भ्रम फैलाइयो’
-
भारतको सिक्किममा भएको सुरुङ दुर्घटनामा नौ मजदुरको मृत्यु, १५ जना अझै बेपत्ता
-
श्रम संस्कृति पार्टीका कार्यकर्ता जानकी मन्दिर परिसरभित्र प्रवेश गर्न खोज्दा लखेटिए


प्रतिक्रिया