उच्च अदालतको आदेश: टुकुचा मिचेर बनाइएका संरचना नभत्काउनू
काठमाडौं । उच्च अदालत पाटनले टुकुचा खोला मिचेर बनाइएका भवन नभत्काउन अल्पकालीन अन्तरिम आदेश जारी गरेको छ ।
काठमाडौं महानगरले टुकुचा खोला खोज्ने क्रममा जय नेपाल हलको कम्पाउण्डमा खोला भेटिएपछि त्यसमाथि बनेका संरचना धमाधम भत्काउन सुरू गरिएको थियो ।
महानगरको यो कदमविरूद्ध प्रेसिडेन्ट ट्राभल्स एण्ड टुर्सका निर्देशक भोलाविक्रम थापालगायतले शुक्रबार रिट दायर गरेका थिए ।
आज उक्त रिटमा सुनुवाइ गर्दै न्यायाधीश दिपेन्द्रबहादुर बमको इजलासले जेनेक्स इन्भेस्टमेन्ट, उत्तरमान लामा र प्रेसिडेन्ट ट्राभल्स एण्ड टुर्सको नाममा भएको जग्गामा बनेका घरहरू नभत्काउन आदेश जारी गरेको हो ।
अदालतले आगामी असोज ५ गते दुवै पक्षलाई छलफलमा बोलाएको छ ।
ताजा अपडेट
-
कांग्रेस केन्द्रीय अनुशासन समितिको बैठक बस्दै
-
लुम्बिनी प्रदेशमा मन्त्रिपरिषद् पुनर्गठन: पाँच नयाँ मन्त्री थपिए, जेठ २५ गते शपथ
-
एसियाली छनोटः समूह विजेता बन्ने लक्ष्यसहित आज मलेसियाविरुद्ध भिड्दै नेपाल
-
केही हिमाली तथा पहाडी भूभागमा वर्षाको सम्भावना, तराईमा गर्मी बढ्ने
-
पर्यटकीयस्थल नगरकोट : सीमाङ्कनको प्रक्रिया बीचमै छाडियो


प्रतिक्रिया