कञ्चनपुरमा तीन जना मृत फेला

काठमाडौं । कञ्चनपुरमा सडेको अवस्थामा तीन जनाको शव फेला परेको छ ।
लालझाडी गाउँपालिका–१ स्थित उखुबारीमा दुई र पुनर्वास नगरपालिका–१०, दोदा नदीनजिक अर्का एक जनाको शव फेला परेको हो ।
जिल्ला प्रहरी कार्यालय, कञ्चनपुरले सडेको अवस्था भेटिएका ती शवको पहिचान हुन नसकेको जनाएको छ ।
शवको पहिचान हुन नसकेपछि प्रहरीले डिएनए गर्ने तयारी गरेको छ । जिल्ला प्रहरी कार्यालय, कञ्चनपुरका अनुसार, डिएनएको नमुना संकलनका लागि चिकित्कको टोली बोलाइएको छ ।
प्रतिक्रिया