ऐतिहासिक उपाधिको लागि बंगलादेशसँग भिड्दै नेपाल
काठमाडौं । साफ महिला च्याम्पियनसिपको उपाधिको लागि आज नेपाल र बंगलादेश खेल्दैछन् । आज साँझ ५ बजे दशरथ रंगशालामा यो प्रतियोगिताको फाइनलमा पहिलोपटक नेपाल र बंगलादेश आमनेसामने हुन लागेका हुन् । नेपालले यस अघि चारपटक फाइनल खेले पनि भारत तगारो बनेको थियो ।
जसले जिते पनि नयाँ विजेता बन्नेछ । किनकी यी दुवै टिमले अहिलेसम्म यो उपाधि जित्न सकेका छैनन् ।
बंगलादेशले पनि समूह चरणमा भारतलाई ३–० गोलले स्तब्ध पारेको थियो । समूह चरणमा माल्दिभ्सलाई ३–०, पाकिस्तानलाई ६–० र भारतलाई ३–० गोल अन्तरले बंगलादेशले पराजित गरेको थियो । सेमिफाइनलमा भुटानलाई ८–० गोलअन्तरले पराजित गर्न बंगलादेश सफल भएको थियो । यसैले नेपालसँग खेल्नु अघि बंगालादेश टिम उत्साही देखिएको छ ।
यो प्रतियोगितामा बंगलादेशले अहिलेसम्म एक गोल पनि आएको छैन । नेपालले भुटानलाई ४–०, श्रीलंकालाई ६–० गोलले पराजित गरेको थियो । दुवै टिमले यो प्रतियोगितामा गोल खाएका छैनन् ।
ताजा अपडेट
-
नयाँ बसपार्कसहित उपत्यकाका विभिन्न नाकामा यात्रुको चाप बढ्यो
-
सरकारकै तर्फबाट विन्ध्यवासिनीमा विधिपूर्वक भित्राइयो फूलपाती
-
कांग्रेस महाधिवेशनमा गगन थापालाई सर्वाधिक मत, टप टेनमा को–को परे ?
-
दसैँमा अस्पतालका आकस्मिक र शल्यक्रिया सेवा नियमित राख्न निर्देशन
-
दसैँ मनाउनुहोस्, तर मुटु जोगाउनुहोस्ः वरिष्ठ मुटुरोग विशेषज्ञ डा लम्साल


प्रतिक्रिया